नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
Tuesday, May 26, 2026
आईपीएल : लगातार दोस्रो जितपछि राजस्थान शीर्ष स्थानमा
मुम्बई — राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिगमा शनिबार लगातार दोस्रो जित निकालेको छ । राजस्थानले यसका लागि मुम्बई इन्डियन्सलाई २३ रनले हराएको हो ।
मुम्बईले पनि लगातार दोस्रो खेलमा हार बेहोर्यो । यो जितपछि राजस्थान १० टिम सम्मिलित प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । पहिले ब्याटिङ गरेको राजस्थानले जस बटलरको सय रनको मद्दतले आठ विकेटमा १ सय ९३ रन बनाको थियो ।
जवाफमा मुम्बईले २० ओभरमा आठ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो । मुम्बईका लागि ईसान किसनले ५४ र तिलक वर्माले ६१ रन बनाए । तर यो हार जोगाउन पर्याप्त रहेन ।





