नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
अमेरिकी विदेश मन्त्रालयमा नेपालका बाघबारे संवाद
काठमाडौँ — अमेरिकाको विदेश मन्त्रालयमा बाघ संरक्षणका लागि नेपालले गरेका कामबारे चर्चा भएको छ । वन तथा वातावरण मन्त्रालयबाट भएको सचिवस्तरीय भ्रमणमा नेपालले बाघ संरक्षणमा गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धता र कामको बारेमा छलफल भएको सचिव प्रेमनारायण कँडेलले जानकारी दिए ।
सचिव कँडेल, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेल र राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरद अधिकारीसहितको टोलीसँग बिहीबार उपसहायक विदेशमन्त्री केली केईडेर्लिङ र कार्यकारी सहायक विदेशमन्त्री जोन ई थम्पसनले बाघ संरक्षणको बारेमा नेपालले गरिरहेको कामको प्रशंसा गरेका थिए । भेटमा नेपाली प्रतिनिमण्डल टोलीले प्रतिबद्धता अनुसार नेपालले बाघको संख्या दोब्बर बनाउने उद्देश्य नजिक रहेको बताएको थियो ।
उक्त भेटमा अमेरिकी अधिकारीहरुले एमसीसीको बारेमा समेत चर्चा गरेका थिए । एमसीसी वन क्षेत्र, जैविक विविधता, जलवायु परिवर्तन, वातावरणसँग पनि सम्बन्धित भएको उल्लेख गरेका थिए । एमसीसी परियोजनाले नेपालको ऊर्जा तथा क्लिन इनर्जीको क्षेत्रमा पनि सहयोग गर्ने अमेरिकी अधिकारीहरुले बताएको एनटीएनसीका सदस्य सचिव शरद अधिकारीले जानकारी दिए ।
जलवायु परिवर्तन र जैविक विविधता सम्बन्धी विविध सहयोग नेपाललाई आवश्यक पर्ने भन्दै अमेरिकी अधिकारीहरु सकरात्मक भएको सचिव कँडेलको भनाइ थियो ।
भेटमा अन्तर्राष्ट्रिय स्तरमा नेपालले जलवायु परिवर्तनको विषयमा गरेका प्रतिबद्धताको बारेमा प्रशंसा गरेका थिए । नेपाली प्रतिनिधिमण्डल टोलीले जोन ई थम्पसनलाई बाघको प्रतिमा दिँदै संरक्षण गर्न आग्रह गरेको थियो ।





