यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
नेपाली राजदूतवास, पिएनसिसि, एनआरएनए लगायतका निकायबाट ३ जना पीडित नेपालीको उद्धार ।।।
थाङ्मीचागु डटकम सम्बादाता

पुर्ण लिम्बु 28-07-024
प्रवास
मलेशिया नेपाली राजदूतवास, पिएनसिसि, एनआरएनए लगायतका सहयाेगी दाताहरुको सहयोगमा फरक फरक प्रकृतिको समस्याबाट पिडीत भई अबैधानिक बसोबास गरिरहेका तीनजना नेपालीहरुलाई स्वदेश फर्काईएको छ ।

यसरी नेपाल फर्किनेमा नर बहादुर लाप्चा, बिन्दुवती बम्जन र घनश्याम वली रहेका छन् ।
२४ जुलाईका दिन नेपाल फर्किएका नर बहादुर लाप्चा, ईलाम जिल्ला रोङ गाउँपालिका ५, निवासी हुन । उनी लामो समयदेखि मलेसियामा अबैधानिक रुपमा बसोबास गरिरहेका थिए ।

सडक दुर्घटनाबाट खुट्टा भाच्चिएको अवस्थामा उनको उद्धार नेपाल राजदुतावास मलेशियाले गरेको थियो ।
लाप्चाको उद्धार पश्चात उपचार देखि नेपाल फर्काउने प्रकृयामा निशूल्क ट्राभल्स डकुमेन्ट जारि गराउने, अबैधानिक भएबापत अध्यागमनमा बुझाउनु पर्ने शूल्क र हवाई टिकट सम्पूर्ण खर्च नेपाली राजदूतवासले उपलब्ध गराएको हो ।

पिएनसिसिको समन्वयमा नेपाल पुगेका लाप्चालाई सम्बन्धित गाउँपालिकाका अध्यक्ष मनि कुमार स्याङ्बोको रोहवरमा परिवारको जिम्मा लगाईएको छ । भने, काठमाडौं देखि चन्द्रगढी सम्मको हवाई टिकट लगायत घरसम्म पुग्ने खर्च गाउँपालिका अध्यक्षले उपलब्ध गराएको हो ।
२५ जुलाईका दिन नेपाल फर्किएका बिन्दुवती बम्जन, सिन्धुली जिल्लावासी हुन । उनी दिर्घरोगी श्रीमानको उपचार खर्च धान्नकै लागि केही महिना अगाडीबाट अबैधानिक बसोबास गरि काम गरिरहेका थिए । करार अवधी पूरा भएको अवस्थामा नेपालबाट आएको कम्पनीले स्वदेश फर्काउने भएपछि उनले कम्पनी छाड्न बाध्य भएका थिए । श्रीमानको उपचार खर्च जुटाउने एकमात्र श्रोत आफ्नो कमाई भएकोले बाध्यतावस उनले अबैधानिक हुनु परेको थियो ।
तर, उनै श्रीमानको असामयिक निधन भएपछि बेखर्ची भएर उनी पिडीत बनेकी थिईन ।
अबैधानिक भई उपचार गराईरहेको श्रीमानको निधनले विछिप्त बनेकी बिन्दुवतीले “अन्तिम पटक श्रीमानको मुख हेर्छु” भन्दै हारगुहार गरेपछि नेेपाली राजदूतवासको समन्वयमा पिएनसिसिले उनलाई घर फर्काउने पहल थालेको थियो ।
यसक्रममा अध्यागमनमा बुझाउनु पर्ने शूल्कको लागि रावाङ्का ब्यवसायी दूर्गा बहादुर गुरुङको अग्रसरतामा रावाङ क्षेत्रमा ब्यवसाय गर्ने ब्यवसायीहरुसंग संकलन गरिएको थियो । भने, समाजसेवी मन कुमार राईले हवाई टिकट उपलब्ध गराउनु भएको थियो ।
२६ जुलाईका दिन नेपाल फर्किएका घनश्याम वली, बवाई ४, दाङ निवासी हुन । उनी प्लाटिनियम सेक्युरिटी कम्पनी अन्तर्गत रहेर अबैधानिक रुपमा गार्डको काम गर्दै आएका थिए । उक्त कम्पनीमा काम गरिरहेकै अवस्थामा अचानक दायाँ खुट्टा टेक्नै नहुनेगरि दुखाई भएपछि शरीर थाम्नै नसक्ने भए । काम गर्न नसक्ने भएपछि उनी कम्पनीबाट निकालिए । त्यसपछि संगै काम गर्ने साथीहरुले उनलाई पिएनसिसिको जिम्मा लगाएको थियो ।
बिरामी भई पिडीत बनेका घनश्याम वलीलाई नेपाल फर्काउनको लागि nrna मलेशिया र पिएनसिसिले नेपाली राजदूतवास संग समन्वय गरेको हो । यसक्रममा एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापा ज्युले हवाई टिकट उपलब्ध गराउनुका साथै अध्यागमनमा बुझाउनु पर्ने शूल्कका लागि पनि अध्यक्षले पिएनसिसि मलेसियाका संयोजक समेत रहनु भएका समाजसेवी पूर्ण लिम्बू सूब्बा संग संयुक्त रुपमा बेहोर्नु भएको हो ।
सडक दुर्घटनामा परि खुट्टा भाच्चिएका नर बहादुर लाप्चा र बिरामी घनश्याम वली लाई बस्ने प्रबन्ध अध्यक्ष बिनोद थापा ज्यु ले सेल्टर हाउसमा गरिदिनु भएको थियो । एनआरएनए मलेसिया द्वारा संञ्चालित सेल्टर हाउसले आपत- बिपतमा परेका नेपाली श्रमिक पिडीतहरुलाई आश्रय दिदै आएको छ भने सेल्टर हाउसमा बस्नेहरुको खानपिनको ब्यवस्था पिएनसिसिले गर्दै आएको छ ।





