बाढीको जोखिम बढेपछि चीनमा खोज तथा उद्धार अभियान रोकियो !!!
2026-08-28कोशी प्रदेशका १५३ मध्ये १३८ जना अझै सम्पर्कविहीन !!!
2026-08-28
Friday, August 28, 2026
स्याङ्जामा पहिरोमा परी २ जनाको मृत्यु, १ जना बेपत्ता
स्याङ्जामा पहिरोमा परी २ जनाको मृत्यु, १ जना बेपत्ता
थाङमिचागु डटकम संवाददाता

२२ असार, काठमाडौं । स्याङ्जामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।
शनिबार विरुवा गाउँपालिका-६ लामाखेतमा ईश्वरी लम्सालको घरमा पहिरो जाँदा विरुवा-६ माझकोटकी ६५ वर्षकी गह्येश्वरी शर्मा मरासिनी र ६७ वर्षकी हरिमाया शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।
उक्त पहिरोमा परी ७१ वर्षका माधव शर्मा बेपत्ता भएका छन् । उनको खोजी भइरहेको डीएसपी रानाले जानकारी दिए । पहिरोमा परी घाइते भएका ५ जनाको प्रहरीले उद्दार गरेको छ ।





