निको युगान्तकारी थाङ्मीचागु युवा मञ्च,द्वारा किराती थाङ्मी समुदायहरूको महान चाड उभौली भूमिमा पर्व भव्यताका साथ दोलखा बिगु ८ थाङ्मीचागुमा सम्पन्न भएको छ ।।।
निको युगान्तकारी थाङ्मीचागु युवा मञ्च,द्वारा किराती थाङ्मी समुदायहरूको महान चाड उभौली भूमिमा पर्व भव्यताका साथ दोलखा बिगु ८ थाङ्मीचागुमा सम्पन्न भएको छ ।।।
भाषा , धर्म ,सांस्कृतिक बिकास प्रवर्धन हाम्रो अभियान ” भन्ने मूल नाराका साथ किराँती थाङ्मी समुदायले उभौली भूम्या पर्व भव्यताका साथ मनाउँदै एकापसमा खुशीयाली र शुभकामना आदानप्रदान गरेका छन् ।
निको युगान्तकारी थाङ्गीचागु यूवा मञ्चले आयोजना गरेको कार्यक्रममा मञ्चका सल्लाहकार बिक्रम ठान्टी थाङ्गिको अध्यक्षतामा आयोजीत कार्यक्रमा प्रमुख अथिति बागमती प्रदेश सांसद माननीय ठुला थाङ्मी ज्यु,विशेष अथिति बिगु गाउँपालिका पालिका उपप्रमुख देवीका थाङ्मी ज्यू, विशेष अथिती नेपाल थामी समाज केन्द्रीय अध्यक्ष रणबहादुर थामी ज्यू, र अतिथि कालिञ्चोक गाउँपालिकाका पूर्व पालिका प्रमुख युधिष्ठि खड्का ज्यु ,र र विभिन्न संघसंस्थाका प्रतिनिधिज्यूहरू र छिमेकी आसपासका वडा अध्यक्ष ज्यू हरू थाङ्मी समुदायको सांस्कृतिक धरोहर गुरु,आपाहरू र राष्ट्रिय कलाकार रमन थामी शक्ति थामी बिमला थामी र स्थानीय कलाकार भाइबहिनीहरू र स्थानीय नागरिक समाजका बुद्धिजीवी राजनीतिक दलका नेतागणहरू श्री कालिञ्चोक माबिका प्रधानध्यापक सुन्दर प्रकाश पाण्डे लगायत सर मिसहरू , पत्रकार बन्धुहरू रहनु भएको थियो ।
कार्यक्रमको उद्घाघाटन बागमती प्रदेश माननीय सांसद ठूला थाङ्मी ज्युले किराती थाङ्मी समुदायहरूको पहिचानको धरहर टाके बजाएर गरेका थिए ।
कार्यक्रममा थाङ्गि समुदायको धर्म र संस्कृतिको जगेर्ना आजको आवश्यकता रहेको माननीय थाङ्मीले बताए ।
कार्यक्रममा वक्ताहरुले बोल्दै राज्यको ध्यान थाङ्मी समुदायको विकासमा नपुगेको भन्दै यस समुदायको विकासको लागि राज्यले गम्भीर हुने बेला आएको बताएका छन् ।
लाल बहादुर थाङ्मी र थाङ्मीको संयुक्त उद्घोषणमा सञ्चालन गरिएको उक्त कार्यक्रममा करिब १५०० थाङ्मी समुदायको सहभागिता रहेको प्रकाश थाङ्मीले जानकारी दिए ।