मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव
आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव
थाङमिचागु डटकम संवाददाता

२९ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ ।
राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आइतबार एक सूचना जारी गर्दै सुझाव माग गरेको हो ।
राष्ट्र बैंकका अनुसार आगामी १६ असारभित्र राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा सुझाव पठाइ सक्नु पर्ने छ ।
संकलित सुझावपछि राष्ट्र बैंकले उपयुक्त ठानेका सुझावलाई मौद्रिक नीतिमार्फत सम्बोधन गर्दछ । राष्ट्र बैंकले १५ साउनभित्र मौद्रिक नीति ल्याउनेछ ।
देशको मूल्यवृद्धि नियन्त्रण, ब्याजदरको स्थायित्व, वित्तीय स्रोतको परिचालनका लागि मौद्रिक नीतिमार्फत व्यवस्था गरिन्छ ।
मौद्रिक नीति तर्जुमा कार्यविधि अनुसार आर्थिक वर्ष सकिएको १५ दिनभित्र वार्षिक नीति र त्रैमासिक तथा अर्धवार्षिक समीक्षा त्रैमास सकिएको ४५ दिनभित्र सार्वजनिक गर्ने व्यवस्था छ ।




