इराकमा ‘दशैँ धमाका २०८३’ आयोजना हुने !!!
2026-10-12मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09
Tuesday, October 13, 2026
१८ निर्माण कम्पनी एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १८ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

विभिन्न जिल्लाका निकायहरूले कालोसूचीमा राख्न लेखि पठाएका विभिन्न निर्माण कम्पनीहरूलाई कार्यालयले १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।
फ्रेन्ड्स ट्रेडिङ कन्सर्न ललितपुर, स्टार इन्फ्रा एन्ड डेभलोपर्स प्रा.लि धनुषा र बाबा माइनचन्द इन्टरनेशनल भोटेबहालाई तीन/तीन वर्षका लागि कालोसूचीमा राखिएको छ।
त्यस्तै बिकोई-जय बागेश्वरी-सिस्ने जेभी नेपालगन्ज र यसअन्तर्गतका बिकोई बिल्डर्स टंगाल काठमाडौं, जय वागेश्वरी माता कन्स्ट्रक्सन नेपालगन्ज र सिस्ने कन्स्ट्रक्सन नेपालगन्जलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ।

धुलीखेल-जेके जेभी कोहलपुर बाँके र यसमातहतका दुई कम्पनीलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ।






