थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
भौरमा सामुदायिक भवनको उपाध्यक्षद्वारा शिल्यान्यास ।।।
भौरमा सामुदायिक भवनको उपाध्यक्षद्वारा शिल्यान्यास ।।।
विनोद मण्डल,जेठ १४ । सिरहाको सखुवानन्कारकट्टी १ स्थित भौरमा सामुदायिक भवनको शिलान्यास गरिएको छ ।
पूर्व पश्चिम राजमार्गदेखि करिब ८ किलोमीटर दक्षिणमा रहेको ग्रामीण क्षेत्रमा स्थानीयलाई सार्वजनिक कार्यमा कठिनाई उत्पन्न हुँदै आएको अवस्थामा सामुदायिक भवनको निर्माणले सामूहिक समस्या समाधान हुने भएपछि भवनको ठाउँ छनौट गरी शिल्यानयास गरिएको हो ।
स्थानिय गाउँको उतार्तर्फ रहेको पोखरीको पछिमतर्फ खाली भागमा करिब १५ लाखको लागतमा बन्न लागेको भवनको विधिपूर्वक पूजापाठ गरी पालिका उपाध्यक्ष निलम यादवले विधिपूर्वक भूमि पूजापाठ गरी खनिएको खाल्डोमा उपाध्यक्ष यादवले सिमेन्ट राखी क्रमिक रूपमा ५ इटा राखी भवनको शिलान्यास गरेका हुन् ।
वडा अध्यक्ष सञ्जय यादब लगायत स्थानिय समाजसेवी,बुद्धिजीवी ,पत्रकार लगायतको उपस्थितिमा आयोजित कार्यक्रममा भवनको शिलान्यास गरिएको स्थानिय सन्तोष यादबले बताएका छन् ।




