इराकमा ‘दशैँ धमाका २०८३’ आयोजना हुने !!!
2026-10-12मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09
Monday, October 12, 2026
सिधाकुरा डटकमका प्रकाशककाे बयानपछि समाचार स्राेत भनिएका राजकुमार तिमल्सिना पक्राउ भएको छ ।
सिधाकुरा डटकमका प्रकाशककाे बयानपछि समाचार स्राेत भनिएका राजकुमार तिमल्सिना पक्राउ भएको छ ।
थाङ्मीचागु डटकम सम्बादाता
२०८१ बैशाख २३ |
काठमाडौं । सिधाकुरा डटकमलाई अडिओ उपलब्ध गराउने भनिएका व्यक्तिलाई प्रहरीले हिरासतमा राखेको छ । सर्वोच्च अदालतको आदेशपछि प्रहरीले राजकुमार तिमल्सिनालाई हिरासतमा राखेको हो ।
अदालतको अवहेलना मुद्दामा बयान दिने क्रममा सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेलले समाचार स्राेत खुलाएका थिए । तिमल्सिनाले उपलब्ध गराएकाे अडियाेका आधारमा सामग्री प्रकाशन प्रशारण गरेको उनले बताएका छन् ।
कँडेलकाे बयानपछि तिमल्सिनालाई झिकाउने आदेश अदालतले गरेको थियो । कँडेल र कार्यकारी सम्पादक नविन ढुंगानालाई तारेखमा छाडिएको छ । बयानका क्रममा पनि प्रहरीले उनीहरुलाई भने हिरासतमा लिएको थिएन ।





