नेपाल हरित गृह कार्यक्रम अन्तर्गत कृषकलाई कृषि सामग्री वितरण
2026-08-26विपन्न तथा अपाङ्ग रत्नबहादुर जिरेललाई ३० हजार सहयोग
2026-08-26
स्वास्थ्य भवन उद्दघाटन नहुँदै चर्कियो , अख्तियारको ध्यानाकर्षण जरुरी ।।।
स्वास्थ्य भवन उद्दघाटन नहुँदै चर्कियो , अख्तियारको ध्यानाकर्षण जरुरी ।।।
थाङ्मीचागु डटकम सम्बादाता मण्डल,वैशाख १८ । सिरहाको धनगढीमाई ३ स्थित बनाइएको स्वास्थ्य भवन उद्दघाटन र सञ्चालन नहुँदै चर्किएको छ ।
स्थानिय हनुमाननगर अर्थात् शिवनगर जाने बाटोको पूर्वी छेउमा करिब ३ वर्ष अगाडि करिब १८ लाख लागतमा निर्माण भएको भवनमा निर्माण कम्पनी ठेकेदारले कमसल वस्तुको प्रयोग गरेर बनाएको भवनको पछिमि छेउको दिवालमा चिरा परेको छ भने भित्र पट्टीको भाग भासिएको छ ।
भवन भासिएको ठाउँमा रुख उमिएको छ । कोठाहरूमा चिरा परेको छ ।
भवनमा कमसल वस्तुको प्रयोग भएको हुनाले हातले भिता छाम्दा भित्ताबाट वालमा लगाएको सिमेन्ट झर्ने गरेको अवस्था रहेको देखिन्छ ।
भवन हालसम्म अलपत्र अवस्थामा रहेको छ भने निकाय भवनको जिर्णताप्रति बेखबर रहेको छ ।
भवनको हालत प्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोग मधेश प्रदेशले आफ्नो ध्यानाकर्षण गराएको खण्डमा यसका माफियाहरुलाई तत्काल कानुनी दायरामा ल्याउन सहयोग पुग्ने अवस्था रहेको देखिन्छ ।





