किरात राई यायोक्खा क्षेत्रीय समिति जोहोर मलेसियाले उभौली साकेला जुन २ मा मनाउने !!!
2024-05-16काभ्रेको पाँचखाल नगरपालिका–४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भेटिएको पुरुषको शवको सनाखत भएको छ ।
2024-05-15प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्यको प्रयासमा नेपाली कांग्रेसका नेताहरुसँग सम्वाद जारी राखेका छन् ।
2024-05-14
Sunday, May 19, 2024
जिबि राई नेपाल झिकाउने प्रक्रिया सुरु गृहमन्त्री रबि लामिछाने ।
जिबि राई नेपाल झिकाउने प्रक्रिया सुरु गृहमन्त्री रबि लामिछाने ।
थाङ्मीचागु डटकम सम्बादाता
२३ बैशाख २०८१,
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलसँग सहकारी ठगी प्रकरणका मुख्य आरोपी जिवी राईलाई नेपाल झिकाउन सहयोग गरिदिन आग्रह गरेका छन्। लामिछानेको सचिवालयका अनुसार उनले टेलिफोन सम्पर्क गरी राईलाई झिकाइदिन सहयोगका लागि आग्रह गरेका हुन्।
राई सहकारी ठगी प्रकरणका प्रमुख आरोपी हुन्। गृहमन्त्री लामिछाने आफैपनि सहकारी प्रकरणमा जोडिएका छन्। चार दिन अगाडि मलेसियाली गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलले आफ्नो आधिकारिक फेसबुक पेजमा नेपालका गृहमहन्त्री रवि लामिछानेसँग आफ्नो कुराकानी भएको जानकारी दिएपनि जिबी राईको प्रसंग भने उल्लेख गरेका छैनन्।