यलम्बर राजा किराँती थम्बु जाती (समुदाय) भित्र पर्छ ।
2026-04-21थामी संग्रहालय निर्माणस्थलमै भेटिए प्राचीन दरबारका अवशेष, ‘खान्डु राजा’सँग जोडिँदै ऐतिहासिक खोज
2026-04-20
अब दलको सदस्यता नत्यागे शिक्षकलाई कारबाही गर्छौं : शिक्षामन्त्री सुमन श्रेष्ठ।
अब दलको सदस्यता नत्यागे शिक्षकलाई कारबाही गर्छौं : शिक्षामन्त्री सुमन श्रेष्ठ।
थाङ्मीचागु डटकम संवाददाता
शुक्रबार, २३ चैत २०८०, १८:३०
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलको सदस्यता नत्याग्ने शिक्षकलाई कारबाही गरिने बताएकी छन्। त्यसको लागि सार्वजनिक रूपमा आह्वान गरिएको र त्यस्ता शिक्षकहरूका बारेमा सूचना दिन आह्वान गरिएको बताइन् ।
कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा आयोजित पहिलो पत्रकार सम्मेलनमा उनले शिक्षकहरूलाई राजनीतिक दलको सदस्यता त्याग गर्न आग्रह गरिएको बताइन्।
‘शिक्षालाई दलीय राजनीति मुक्त क्षेत्र बनाउन राजनीतिक दलमा आबद्ध शिक्षकलाई दलीय सदस्यता त्याग्न आह्वान गरेका छौ। जनतालाई दलमा सक्रिय शिक्षकबारे उजुरी गर्न सार्वजनिक आह्वान गरेका छौ। र कारबाही गर्न कार्यविधिबारे स्पष्टता ल्याइएको छौँ’ उनले भनिन्।
त्यस्तै शिक्षा ऐन, २०२८, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ ले समेत शिक्षकलाई दलको सदस्य बन्न नपाउने व्यवस्था गरेको छ। त्यस्तै उच्च अदालत पाटनको २०७८, मङ्सिर १९ गतेको राजनीतिक दलमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयलाई आदेश दिएको थियो। विविध कारणले पनि राजनीतिक दलको सदस्यता लिने शिक्षकलाई कारबाही गरिने बताएकी हुन्।
मन्त्री श्रेष्ठले पहिलो निर्णय नै शिक्षालाई दलीय राजनीति मुक्त क्षेत्र बनाउन ‘विश्वविद्यालयको नेतृत्व प्राज्ञिक तथा विज्ञ व्यक्तित्वबाट हुने गरी कानुनी प्रबन्ध गर्ने निर्णय गरेकी थिइन्।
त्यसका लागि अवधारणा पत्रको क्रममा तयारी रहेको रहेको छ। त्यस्तै सम्बन्धित कानुन संशोधनका लागि अध्ययन गर्न मन्त्रालयको उच्च शिक्षा महाशाखाका सहसचिवको नेतृत्वमा कार्यदल गठन गरेको छ । कार्यदलले दिने प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढ्ने उनको भनाइ छ।
सुमना श्रेष्ठ





