कसहा माविमा गैरकानुनी तवरले विद्यार्थीसंग शुल्क उठाउँदै ।।।

0Shares

कसहा माविमा गैरकानुनी तवरले विद्यार्थीसंग शुल्क उठाउँदै ।।।

थाङ्मीचागु डटकम सम्बादाता

विनोद मण्डल,चैत्र १ । सिराहा जिल्लाको धनगढीमाई ७ कसहामा रहेको श्री जनता माध्यामिक विद्यालयमा गैरकानुनी तवरले विद्यार्थीसंग भौतिक शीर्षकमा शुल्क उठाइरहेको खवर बाहिरिएको छ ।

विद्यालय ब्यबस्थापन समितिलाई रनभुल्लमा पारेर शिक्षा शाखा धनगढीमाईलाई समेत चुनौती दिँदै प्रधानाध्यापकले मनोमानी ढंगले शुल्क उठाइरहेको अवस्था छ ।

विद्यालय परिसरमा रहेको वाडा कार्यालयलाई जानकारी नदिएर आफू खुशी विद्यार्थी र अविभावकलाई तनाब दिएर अन्य शीर्षक राखेर शुल्क उठाइरहेको अवस्था देखेपछि स्थानियले बिरोध पोख्न वाडा कार्यालय पुगेका हुन ।

नेपालको संविधान २०७२ को भाग ३ को धारा ३१ को उपधारा २ मा ” प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यामिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ ” भनी लेखिएको छ ।

नेपालमा २०२८ सालमा जारी भएको शिक्षा ऐन तथा नियमावली र अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐनले सामुदायिक विद्यालयलाई शुल्क उठाउन छुट दिएको छैन ।

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी नियमावली, २०७७ मा सार्वजनिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा विद्यार्थी भर्ना शुल्क, मासिक पढाई शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तक वापतको रकम उठाउन नपाउने स्पष्ट व्यवस्था छ ।

नेपाल कानुन आयोगको

“१६ घ. मा शुल्क सम्बन्धी गरिएको व्यवस्था बमोजिम

(१) नेपाल सरकारले निःशुल्क शिक्षा घोषणा गरेको विद्यालय शिक्षाका लागि सामुदायिक विद्यालयले विद्यार्थीको नाममा कुनै किसिमको शुल्क लिन पाउने छैन “। भनिएको छ ।

नेपालको संविधान , ऐन ,कानुनले शुल्क नलिन भने पनि प्रधानाध्यापकको मनोमानीको कारण शुल्क उठाइरहेको अवस्था रहेको देखिन्छ ।

विद्यार्थीसंग उठाएको रकम विद्यालयमा कार्यरत प्रधानाध्यापकबाट नै तिराएर फिर्ता गराउनुपर्ने माग स्थानियको बढेसँगै अख्तियार बर्दिवासको ध्यानाकर्षण हुन जरुरी रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *