अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24बाचापत्रअनुसार काम हुन्छ ढुक्क हुनुहोस् मन्त्री प्रतिभा रावल
2026-08-24
Monday, August 24, 2026
श्री टासी लहाङ गुम्बा उद्दघाटन कार्यक्रम सम्पन्न ।।।

श्री टासी लहाङ गुम्बा उद्दघाटन कार्यक्रम सम्पन्न ।।।

थाङ्मीचागु डट कम संवाददाता
सन्तोष ठान्टी , २०८० फाल्गुन २ । दोलखाको विगु गाउँपालिकाको वडा नम्बर ८ खोपाचागुमा श्री टासी लहाङ गुम्बाको उद्दघाटन कार्यक्रम सम्पन्न भएको छ ।

धर्म गुरु गेसे लोप्साङ ग्याल्छेन लामाद्वारा उक्त गुम्बाको समुद्घाटन सम्पन्न भएको छ ।

पूर्व निर्धारित समय अनुसार बिहान १० बजे गुम्बामा आयोजित कार्यक्रमका बीच धर्म गुरुले उद्दघाटन गरेका हुन् ।

स्थानिय नेता पुर्व पालिका अध्यक्ष युधिष्ठी खड्का , सेर्प संघको अध्यक्ष दावा शेर्पा,जाङबो शेर्पा
विक्रम थामी लगाएत बुद्धिजीवी,समाजसेवी स्थानीयहरुको उपस्थितिमा उद्दघाटन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम सञ्चालन दावा सेर्पाले गर्नु भएको थियो ।





