मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
बर्षौ देखि अल्पत्र परेका बोएल लाल मरार खत्वे आज नेपाल फर्किए।।।
थाङ्मीचागु डट कम संवाददाता २०८० फागुन १ – २:३०
वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न आएर बिगत १२ बर्षदेखि अलपत्र परेको एक नेपाली श्रमिकलाई सुरेन्द्र महतोको पहलमा स्वदेश फर्किएका छ्न ।

मलेसियास्थित नेपाली राजदूतावास , हेल्प मधेसी मलेशिया,पि एन सि सि मलेसिया , लगायत अन्य विभिन्न ब्यक्तित्व हरुको सहयोगले महोत्तरी जिल्ला बलबा नगरपालिका हिरदुवा को बौएलाल मरार खत्वे लाई उद्दार गरि स्वदेश फर्काइएको युवा समाजसेवी साथै हेल्प मधेसी मलेशियाको वरिष्ठ उपाध्यक्ष सुरेन्द्र महतोले जानकारी दिए ।
१५ बर्ष पहिले मलेसियामा आएर बिगत १२ वर्ष देखि घरपरिवार सङ्ग सम्पर्क बिहिन भैइ अलपत्र परि यताउता बस्दै आइरहेको थियो। २३ नोभेम्बर २०२३ को जोहरको मुहार बाट
एक जना नेपाली श्रमिक छबिलाल बम्जन मार्फत बौएलाल मण्डलको बारेमा महतो लाई जानकारी दिन्छ र उहाँ त्यति बेला बोल्ने सक्ने अवस्था नभएको र आफ्नो परिवारको बारेमा पनि भन्न् असक्षम भएको हुदा उहाको परिवार पत्ता लगाउन सुरे गरे।
उहाको परिवार पत्ता लाग्यो र बौएलाल जि को कान्छी दिदी जनकपुर -२१ कुर्था निबासी मन्जु मण्डल सम्पर्कमा आई कुराकानी गर्यो र तत्पश्चात सत्य कुरा बुझ्दा बौएलाल मंडल को घर महोत्तरी बलबा नगरपालिकामा पर्ने हिरदुवा गाउँमा रहेको छ। उहा मलेशिया आउने बेला उहाको जेठो दाइ बिजय मण्डल छुट्टीएर बसेको थियो , कान्छी बहिनी मन्जु मण्डलको पनि बिहे भैइ आफ्नो घर कुर्था मा बस्थ्यो भने बौएलाल को श्रीमती आमा ,बुवा उहाँ सङ्गै थियो यता आएको केही बर्षपछि उहाँ घरपरिवार सङ्ग सम्पर्क गर्न छोडनु भयो फेरि केही दिन पछि आमाबाबु २ टै बित्नु भयो जस्को ऋण लिएको थियो त्यो साहु महाजनले ऋण नतिरेको ले भए भरको जग्गा जमिन , घडेरी पनि लिलामी गर्यो र उहाको श्रीमती उहाको बाटो हेर्दा हेर्दा बर्षौ पछि पनि सम्पर्क न आएपछि बस्ने घडेरी पनि नभएकोले बाध्यता बस उ आफ्नो जीवन चलाउन अन्तै गयो । सबै यथार्थ कुरा बुझ्दा उहाको शारीरिक र आर्थिक अवस्था पुरै नाजुक छ उहालाई मलेसिया बाट नेपाल फर्काउन पनि र नेपाल गएर बस्न ठाउँ पनि नभएकोले आर्थिक रुपले कुनै सहयोग नेपाल बाट नहुने हुदा महतो ले समाजिक संजाल मार्फत सहयोगको लागि अपिल गरेको थियो जस अनुरुप उहालाई नेपाल फर्काउन लाग्ने सबै खर्च यहि संकलन गरि १३ फेब्रुअरी २०२३ मंगलबार नेपाल एयरलाइन्स मार्फत नेपाल पठायो।




