प्रधानाध्यापकको लगनशीलता आ.वि.कैलाशपुर भाेर्लेनीमा चमत्कार जारी ।।।

0Shares

थाङ्मीचागु डट कम संवाददाता

प्रधानाध्यापकको लगनशीलता आ.वि.कैलाशपुर भाेर्लेनीमा चमत्कार जारी ।।।

विनोद मण्डल,माघ २३ । सिरहाको धनगढीमाई १३ स्थित आधारभूत विद्यालय कैलाशपुर भोर्लेनीका प्रधानाध्यापक अमर योञ्जनको सक्रियताले विद्यालयको वातावरणीय पक्षमा व्यापक चमत्कार देख्न सकिन्छ ।

विद्यालयमा खानेपानी ,सरसफाई , पठन पाठन लगायतको अवस्थामा समयानुकूल सुधार भएपछि यस विद्यालयमा यतिबेला जिल्ला बाहिरका विद्यालयहरू भ्रमणको लागि आउने एउटा अवस्था रहेको छ भने अर्कोतिर विद्यालयमा आधुनिक घडी लगाएत व्यवस्थापकीय सुधारको सकारात्मक बाटो अपनाएका प्रधानाध्यापक योञ्जनको दूरदर्शिताका कारण दाताहरु समेत यस विद्यालयको वातावरणीय पक्षमा सहकर्मीको भूमिकामा उभिएको अवस्था रहेको देखिन्छ ।

केही दिन अगाडि मात्र बुद्धिजीवी प्रमाेद गाैतमबाट विधालयलाई विधुतिय घडी प्रदान गरिनु साथै ईन्जिनियर नरेश न्यौपानेबाट विद्यालयमा अतिरिक्त याेजना सञ्चालनका लागि आर्थिक सहयोग प्राप्त हुनु आफैंमा अशल पक्ष हो ।

विद्यालय परिवार ,वाडा कार्यालय र आम अभिभावकको केन्द्रबिन्दु बन्दै आएको विद्यालयको हरेक विषयवस्तुमा पारदर्शिता कायम गर्दै आएको यस विद्यालयमा स्थानिय एक विद्यालयबाट सुझाब पेटिका समेत राख्नका लागि प्रदान गरिएको छ ।

विद्यालय प्रशासनको अशल पक्षको कारण चौतर्फी प्रसंशा योग्य विद्यालयको रूपमा चर्चित यस विद्यालयको नेतृत्व कर्ता प्रधानाध्यापक योञ्जनको दूरदर्शिताको यतिबेला व्यापक प्रसंशा हुँदै आएको अवस्था रहेको पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *