वैदेशिक परामर्शदाता ब्राइटवे इन्टरनेसनल एडुकेसनले आफ्नो ११ औं वार्षिकोत्सव मनायो।

0Shares

वैदेशिक परामर्शदाता ब्राइटवे इन्टरनेसनल एडुकेसनले आफ्नो ११ औं वार्षिकोत्सव मनायो।

थाङ्मिचागु डट कम संवाददाता

ब्राइटवे इन्टरनेशनल एजुकेशन (BIE) ले वैदेशिक परामर्श दिएको ११ वर्ष सफलतापूर्वक पुरा भएको प्रबन्ध निर्देशक द्रोण विक्रम थापाले जानकारी दिनु भयो। ११ औं वार्षिकोत्सव कार्यक्रम मुख्यालय बागबजारमा आयोजना गरिएको थियो । यस संस्थानका सल्लाहकार श्री लाल बहादुर थापाले नेपाली जनतालाई वैदेशिक शिक्षाको महत्वबारे सचेतना समेत गराएका थिए । वैदेशिक शिक्षाको अध्ययनले राष्ट्रको समुदायलाई प्राविधिक र आर्थिक रूपमा विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने समेत थापाले बताएका थिए। उनले विदेशमा अध्ययन गर्न इच्छुक नागरिकहरूका लागि ब्राइटवे इन्टरनेसनल एडुकेसनको प्रभावकारी सेवा र सक्रिय नतिजाहरूको बारेमा समेत बताएका थिए।

द्रोण विक्रम थापा (प्रबन्ध निर्देशक) र जीवन गिरी (कार्यकारी निर्देशक) ले पनि BIE को सुविधा इतिहासमा ध्यान केन्द्रित गरेका छन् र साथै विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई उनीहरूको आवश्यकता अनुसार साहि मार्गनिर्देशन गर्ने र संस्थालाई पनि थप सक्षम, विश्वासयोग्य बनाउने कुरा को जानकारी दिनुभयो। त्यसैगरी अनुस्का सिंह (सी.ई.ओ) ले पनि यस कार्यक्रम मार्फत विद्यार्थीहरुले चाहेको अनुसार माग पुरा गरी उनीहरुको योग्यता अनुसारको उत्कृष्ट गन्तव्यमा कार्यान्वयन गर्ने विषयमा प्रकाश पारेकी थिइन् । त्यस्तै, श्री रोमित पोखरेल (अष्ट्रेलिया प्रतिनिधि/निर्देशक) ले विदेशी शिक्षा संस्कृति, आवास र जीविकोपार्जनमा भिन्नताको बारेमा जोड दिएका थिए । उनले BIE ले मुख्य आधारको रूपमा काम गर्ने र विद्यार्थीलाई आवश्यक पर्दा कुनै पनि प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्दता समेत गराएका छन्।

विभिन्न परामर्शदाताका प्रतिनिधिहरुको उपस्थितिमा BIE ले उपस्थित सबैलाई धन्यवाद दिँदै आजसम्म हासिल गरेको विश्वासलाई थप फराकिलो बनाउने लक्ष्यका साथ समारोह सफलतापूर्वक समापन गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *