ओस्कर विजेता स्मिथले जब आफ्नी पत्नी जिस्क्याउने कमेडियनलाई थप्पड हाने

0Shares

काठमाडौँ — अमेरिकाको विदेश मन्त्रालयमा बाघ संरक्षणका लागि नेपालले गरेका कामबारे चर्चा भएको छ । वन तथा वातावरण मन्त्रालयबाट भएको सचिवस्तरीय भ्रमणमा नेपालले बाघ संरक्षणमा गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धता र कामको बारेमा छलफल भएको सचिव प्रेमनारायण कँडेलले जानकारी दिए ।

सोमबार अवार्ड समारोहको क्रममा उनले क्रिस रकमाथि थप्पड हानेर छुट्टै चर्चा पाए । समारोहमा कमेडियन क्रिसले स्मिथकी पत्नी झाडा पिंकेटबारे ठट्टा गरेका थिए । स्मिथ नजिकै बसेकी पिंकेटले अनुहार बिगार्दै रकसँग रिसाइन् 

त्यसबेलै स्मिथ सरासर स्टेजमा उक्लिएर रकलाई थप्पड हानिदिए । रकले भने प्रतिकार गरेनन् । बरु उनले भने, ‘द्‍याट वाज नाइस !’

केही समययता एलोपेसियाका कारण कपाल झरेपछि पिंकेट स्मिथ त्यसका लागि संघर्षरत छिन् । जुन कुरालाई लिएर कमेडियन रकले सार्वजनिक स्थलमा मजाक उडाइरहेका थिए ।

स्मिथले थप्पड हानेपछि रकले प्रतिक्रिया नदिएर बरु हाँसेका थिए । स्मिथले भने थप्पड हानेर दर्शक दिर्घामा फर्किएपछि पनि रकप्रति गाली गरिरहेका देखिन्थे । उनले भनेका थिए, ‘तिम्रो मुखले मेरी श्रीमतिको नाम नलिउ !’

कतिपय पश्चिमा मिडियाले भने यस विषयलाई लिएर ओस्कर अवार्ड समारोहमा उक्त अवार्ड घोषणा कार्यक्रम भन्दा पनि स्मिथको यो आक्रमण बढी चर्चामा रहेको टिप्पणी गर्न थालेका छन् ।

घटनाको झण्डै ४० मिनेटपछि नै स्मिथ सोही स्टेजमा उक्लिए तर यसपटक उनी सर्वोत्कृष्ट अभिनेताको अवार्ड ग्रहण गर्नका लागि । र यस क्रममा उनले स्टेजबाट पहिलेको घटनाबारे माफी मागेका थिए । तर रकको नाम भने उनले उच्चारण गरेनन् 

Leave a Reply

Your email address will not be published. Required fields are marked *