मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
Saturday, October 10, 2026
झोलुङ्गे पुलको मर्मत नहुँदा स्थानियलाई सास्ती ।।।
झोलुङ्गे पुलको मर्मत नहुँदा स्थानियलाई सास्ती ।।।
विनोद मण्डल, कार्तिक १२। दोलखा जिल्लाको विकट गाउँमा बनाईएको झोलुङ्गे पुलको समयमा मर्मत नहुँदा स्थानियको ज्यान जोखिममा बढिरहेको अवस्था रहेको छ ।
प्राकृतिक विपत्तिका रूपमा विक्रम सम्वत २०७२ सालको भुकम्पले क्षतिग्रस्त अवस्थामा पुगेको पुलको हालसम्म मर्मत र सुधार नभएको अवस्था रहेको पाईन्छ ।
कालिन्चोक गाउँपालिका वडा नम्बर २ र बिगु गाउँपालिका वडा नम्बर ८ को सिमानामा रहेको ब्याकुते टारको उक्त पुलको जिर्णताप्रति निकाय मौन दर्शक बनिरहेको अवस्था रहेको पाईन्छ ।
स्थानियले पटक पटक निकायको ध्यानाकर्षण गराउँदा पनि बेखवर रहेका निकायका प्रमुखहरुको अदुरदर्शिताका कारण आवत जावतमा स्थानियले सास्ती भाग्दै आएको अवस्था रहेको पाईन्छ ।





