नेपाल टेलिकमको साखा कार्यालयमा वनमारा घारी ।।।

0Shares

नेपाल टेलिकमको साखा कार्यालयमा वनमारा घारी ।।।

विनोद मण्डल, असाेज २७ । सिरहाको धनगढीमाई ९ जिरोमाईल स्थित रहेको नेपाल टेलिकमको टावर सुरुक्षा घरको अवस्था जीर्ण हुँदै टावर सहित भौतिक संरचना वनमारा घारीमा परिणत भएको छ ।

नेपाल टेलिकम कार्यालय लहानको उदासिनताका कारण जिरोमाईल स्थित रहेको टावर परिसरको वातावरण असहज बनेको छ ।

कार्यालयको बाहिर सरसफाइको अभाव एकातिर छ भने अर्कोतिर कार्यालय परिसरमा रहेको खाने पानी , जेनेटर,बिजुली , ट्रान्सफर लगाएतका सबै भौतिक संरचना जंगलमा परिणत भएको छ ।

कार्यालय परिसरमा चारैतिर जंगल भएको कारण त्यहाँ खटिएको सुरुक्षा गार्डलाई समेत बसाईमा असहज भइरहेको अवस्था रहेको छ ।

जंगल झै देखिने कार्यालय परिसरको दृश्यले ट्रान्सफर्मरलाई समेत असर पार्दै गएको छ भने त्यहाँ भएको बिजुली लगायतको ब्यबस्थापन गरिएको छैन ।

कार्यालय परिसरको शौचालयको अवस्था पनि जीर्ण रहेको छ ।

नेपाल टेलिकम लाहान शाखाले कार्यालय सरसफाई प्रति ध्यान केन्द्रित नगर्दा यस कार्यालयको अवस्था जंगलमा परिणत भएको आम बुझाइ रहेको पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *