मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
नेपाल टेलिकमको साखा कार्यालयमा वनमारा घारी ।।।
नेपाल टेलिकमको साखा कार्यालयमा वनमारा घारी ।।।
विनोद मण्डल, असाेज २७ । सिरहाको धनगढीमाई ९ जिरोमाईल स्थित रहेको नेपाल टेलिकमको टावर सुरुक्षा घरको अवस्था जीर्ण हुँदै टावर सहित भौतिक संरचना वनमारा घारीमा परिणत भएको छ ।
नेपाल टेलिकम कार्यालय लहानको उदासिनताका कारण जिरोमाईल स्थित रहेको टावर परिसरको वातावरण असहज बनेको छ ।
कार्यालयको बाहिर सरसफाइको अभाव एकातिर छ भने अर्कोतिर कार्यालय परिसरमा रहेको खाने पानी , जेनेटर,बिजुली , ट्रान्सफर लगाएतका सबै भौतिक संरचना जंगलमा परिणत भएको छ ।
कार्यालय परिसरमा चारैतिर जंगल भएको कारण त्यहाँ खटिएको सुरुक्षा गार्डलाई समेत बसाईमा असहज भइरहेको अवस्था रहेको छ ।
जंगल झै देखिने कार्यालय परिसरको दृश्यले ट्रान्सफर्मरलाई समेत असर पार्दै गएको छ भने त्यहाँ भएको बिजुली लगायतको ब्यबस्थापन गरिएको छैन ।
कार्यालय परिसरको शौचालयको अवस्था पनि जीर्ण रहेको छ ।
नेपाल टेलिकम लाहान शाखाले कार्यालय सरसफाई प्रति ध्यान केन्द्रित नगर्दा यस कार्यालयको अवस्था जंगलमा परिणत भएको आम बुझाइ रहेको पाईन्छ ।





