मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
एमालेको मधेश प्रदेश सदस्यमा रामस्वरूप ।।।
एमालेको मधेश प्रदेश सदस्यमा रामस्वरूप ।।।
विनोद मण्डल, असाेज २६ । मधेश प्रदेशको जनकपुर स्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति प्रतिष्ठानमा आयोजित नेकपा एमाले मधेस प्रदेश कमिटीको एतिहासिक प्रथम प्रदेश अधिवेशनबाट रामस्वरुप सदाय मधेश प्रदेशको सदस्यको जिम्मेवारीमा चयन भएका छन् ।
विगत लामो समयदेखि नेकपा एमालेको जनवर्गीय संगठनहरुको विभिन्न पदको जिम्मेवारी सम्हाल्दै आएका सदाय पार्टी नेतृत्वको छनौटमा परेका हुन् ।
एमाले मधेश प्रदेश पूर्व सचिवालय सदस्य एवं नेपाल उत्पीडित जातीय मुक्ति समाज सिरहाका जिल्ला इन्चार्ज समेत रहेका सदाय नेकपा एमालेको सक्रिय नेता मानिन्छन् ।
मधेश प्रदेशमा सम्पन्न भएको पहिलो अधिवेशनबाट सदाय सदस्यमा छनौट भएका हुन ।
समाजका यथार्थ बुझेका सदाय जस्ता व्यक्तिलाई पार्टीले मूल्यांकन गरेको खवरले यतिबेला आम जनतामा सकारात्मक प्रभाबको अनुभव गरिएको छ ।





