मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
एस एस फाउन्डेसन द्वारा कालिञ्चोक मा.बि.मा ३२१ बिद्यार्थीलाई झोला प्रदान गरिएको छ ।
चरिकोट । दोलखाको विगु द्वारा गाउँपालिका वडा नम्बर ८ स्थित कालिञ्चोक मा.बि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला प्रदान गरिएको छ । थामीचागु स्थित विद्यालय प्रांगणमा आयोजित एक कार्यक्रमकाबीच शनिवार उक्त विद्यालयमा अध्ययनरत ३२१ जना विद्यार्थीहरुलाई झोला प्रदान गरिएको हो । सामाजिक क्षेत्रमा क्रियाशिल संस्था एसएस फाउण्डेसनका तर्फबाट जिल्ला अध्यक्ष नवराज खड्काले विद्यार्थीहरुलाई झोला बितरण गरे ।
फाउन्डेसनका संरक्षक शोभित उप्रेतीले पिछडिएको समुदायको विद्यार्थीको दैनिक पठनपाठन र अध्ययन सहज होस् भन्ने उदेश्यले झोला बितरण गरिएको बताए । आगामी दिनमा पनि पिछडिएको क्षेत्र र समुदायलाई प्राथमिकतामा राखेर अन्य सहयोग कार्यक्रम ल्याउने फाउण्डेसनले जनाएको छ । कालिञ्चोक माविमा शतप्रतिशत अल्पसंख्यक थामी समुदायका विद्यार्थी अध्ययन गर्छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर थामीको अध्यक्षतामा भएको कार्यक्रममा विगु गाउँपालिका उपाध्यक्ष देविका थामी, वडा अध्यक्ष हिरा थामी (धनबीर), विद्यालयका प्रअ सुन्दर पाण्डे, पत्रकार केदार शिवाकोटी लगायतको उपस्थिति थियो ।
केही महिना अघि पत्रकारहरुको टोलीले क्रममा थामीचागुको शिक्षा, स्वास्थ्य, विद्युत, संचार, सडक लगायत त्यहाँको आर्थिक, सामाजिक अवस्थाको बारेमा स्थलगत रिपोर्टिङ गरेको थियो ।
विद्यालयले भौतिक पूर्वाधार, प्रयोगशाला, पुस्तकालय, कम्प्युटर कक्षा, आवश्यक शैक्षिक सामाग्री लगायतको अभाव र समस्या झेल्नु परिरहेको विद्यालय प्रशासनको गुनासो छ । शतप्रतिशत थामी समुदायका विद्यार्थीहरु अध्ययन गर्ने भएपनि मातृभाषा पाठ्यपुस्तक र पठनपाठनको व्यवस्था हुन सकेको छैन ।





