समाजका एक नक्षत्र रबि पाण्डे ।।।

0Shares

समाजका एक नक्षत्र रबि पाण्डे ।।।

विनोद मण्डल, साउन १७ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीको परासी घोडपाली घर भएका रबि पाण्डे भ्रष्टाचार ,समाजका ब्यथिती अन्याय र शोषणको बिरुद्ध खुलेर लेख्ने र बोल्न आँट भएका समाजका एक उदाएका नक्षत्र हुन ।

समाजका दुःख पीडा संग रमाएर जनताका पीडामा बोल्न सक्ने अनि कानुनी बहस गर्न सक्ने क्षमता भएका बौद्धिक व्यक्तित्व हुन पाण्डे ।

आफ्ना टोल बस्तीका समस्यालाई नजिकबाट नियाल्दै आएका उनले आफ्नो निजी लगानीमा आम स्थानीयलाई सहजतापूर्वक भएको खानेपानी धारोको ब्यबस्थापनमा ध्यान केन्द्रित गर्दै सहज खानेपानी पहुँचमा योगदान लगाएत उनले टोल बस्तीका आम समस्यालाई क्रमिक रूपमा बाहिर ल्याउँदै सामाधानका उपायहरु खोजिरहेका छन ।

पाण्डे भन्नूहुन्छ ‘ समाजिक कुकर्मको बारेमा बोलेर ,लेखेर ,बिसङ्गती ,बेथिती विरुद्ध आवाज उठाउदा,देश र समाजको हितका लागि लेख्दा या बोल्दा गाली खानु पर्छ भने म जीवन भर गाली खान तयार छु ,लडन परे लडन पनि तयार छु तर ब्यथिती ,लापरबाही र भ्रस्टाचारको विरुद्ध लेख्न,बोल्न र लडन म छोडने छैन “

आँट हिम्मत र बौद्धिकताको एक पाटो मानिने पाण्डेको कार्य शैली बाट प्रभावित भएर उनलाई साथ सहयोग परासीको रामग्राम नगरपालिकाका आम जनताबाट प्राप्त भैरहेको अवस्था रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *