मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
नृत्य जगतमा उदाएका ब्लू स्काई डान्स स्टुडियो ।।।
नृत्य जगतमा उदाएका ब्लू स्काई डान्स स्टुडियो ।।।
विनोद मण्डल, साउन १६ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीको सदरमुकाम परासी अर्थात् रामग्राम नगरपालिका वाडा नंवर ५ मा रहेको ब्लू स्काई डान्स स्टुडियोले आफ्ना बेजोड प्रस्तुतीका साथ तहल्का मचाउँदै आइरहेको छ ।
स्थानिय बाल मन्दिर परासीमा रहेको स्टुडियोको डान्स कक्षाहरुमा स्थानिय बालबालिकाको चाहाना बमोजिमको डान्स सिकाउने भएकोले यस स्टुडियोको माग दिनानु दिन बढिरहेको अवस्था रहेको देखिन्छ ।
स्थानिय नव प्रतिभाहरूको उजागर गर्ने एक मात्र थलोको रूपमा रहेको स्टुडियोको व्यवस्थापकीय पक्षमा व्यापक सुधार र ध्यान दिइएको हुनाले यस स्टुडियोबाट प्रस्फुटन भएका प्रतिभाहरुले नृत्य जगतका कूनै पनि डान्स गर्न सक्ने भएकोले यसप्रति आम अभिभावकको आकर्षण बढिरहेको अवस्था रहेको देखिन्छ ।
बिहानी र दिवा कक्षाको रूपमा डान्स सिकाईने यस स्टुडियोका सञ्चालकको रुपमा परिचित दिपक साहनीको नैतिकवान , मिजासलुपनको कारणले यस स्टुडियोकाे वातावरण अत्यन्त मनोरम र सुन्दर रहेको अवस्था रहेको देखिन्छ ।
करिब ९ जना प्रशिक्षक रहेको यस स्टुडियोमा उत्कृष्ट प्रतिभाहरू रहेको कारण जिल्लाको सान र नमुनाको रूपमा परिचित भइरहेको छ, यो ब्लू स्काई डान्स स्टूडियो ।





