मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
शक्ति महिला सामुदायिक संस्थाको रिहाई अभियान ।।।
शक्ति महिला सामुदायिक संस्थाको रिहाई अभियान ।।।
विनोद मण्डल, साउन १७ ।विगत ७ महिनादेखि सिन्धुलीको कारागारमा १८ दिने नवजात शिशु सहित जेल जीवन बिताउँदै आएकी संगिता कुमारी महतोको रिहाईको लागि शक्ती महिला सामुदायिक सस्था धनगढी सिराहाको अगुवाईमा आज देखि “संगिता महतो रीहाई ” अभियान थालिएको छ ।
प्राप्त जानकारी अनुसार उनलाई गोलबजारकी एक ठग महिलाले चेक बाउन्सको मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाएर जेल पठाएकी हुन ।
बास्तविक वस्तुस्थितिको बारेमा पीडितका श्रीमानले बताए अनुसार ” आफूलाई मानसिक तनाव उत्पन्न गरेपछि श्रीमतीको नामको खाली चेक दिएको ‘ बताए
।
नवजात शिशुसहित जेलमा रहेकी संगीताको घरमा दुई नाबालक छोरा छोरीको अवस्था पनि चिन्ता जनक रहेको छ ।
अत्यन्त नाजुक अवस्थाका आर्थिक स्थिति भएकी संगीताको छोरा छोरीको बिजोग भएको खवर प्राप्त भएपछि शक्ति महिला सामुदायिक सस्था धनगढीमाई सहितको टोली सिन्धुली कारागार पुग्दा जेलमा शिशु समेत बिरामी परेको अवस्था रहेको थियो ।
मानवीयता हराएको ठग महिलाको गलत हर्कतले एक परिवार उठीबास भइरहेको अवस्थामा बास्तविकता क्रमिक रूपमा बाहिर ल्याउने प्रयास जारी रहेको शक्ति महिला सामुदायिक संस्थाले बताएको छ ।
उनकी रिहाईको लागि करिब ५ लाख ५० हजार रकम लाग्ने वुझिएको छ ।





