नेपाल विद्युत प्राधिकरण लहान परिसर वनमारा घारीमा परिणत, सरसफाइमा बेवास्ता
2026-10-06दार्जीलिङमा गोर्खा भारतीय जनजाति महासंघको विराट र्याली थामी संस्कृति एवम् विकास संघको उल्लेखनीय सहभागिता
2026-10-04
Wednesday, October 7, 2026
स्थानीय तहमा निर्माणाधीन अस्पताल अलपत्र

जुम्लाका स्थानीय तहमा निर्माणाधीन अस्पताल अलपत्र परेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका स्थानीय तहमा एकैसाथ शिलान्यास गरेका अस्पतालमध्ये जुम्लाका अस्पतालहरु अलपत्र परेका हुन् ।
तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले शिलान्यास गरेका तिला गाउँपालिका–३ कुडारीमा १० शय्याको अस्पताल अलपत्र परेको छ । उक्त अस्पताल निर्माणको लागि संघीय सरकारले १२ करोड बजेट विनियोजन गरेको थियो । २०७९ माघमा निर्माण सक्ने सम्झौता भएपनि अलपत्र अवस्थामा रहेको छ ।
तिला गाउँपालिका जुम्लाका सब इन्जिनियर धनप्रसाद चौलागाईका अनुसार अहिलेसम्म अस्पतालको निर्माण कार्य २० प्रतिशत मात्रै भएको छ । समयमा बजेट नआउँदा काम रोकिएको उनले बताए ।





