मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
जनकपुर यातायात कार्यालयका दुई जना बिचौलिया पक्राउ

मंगलबार मधेस प्रदेशको प्रदेश सभा बैठकमा यातायात व्यवस्था कार्यालय जनकपुरमा भइरहेको भ्रष्टाचारबारेमा सांसदहरूले उठाएको आवाजको प्रभाव परेको छ ।
नेकपा एमाले मधेस प्रदेश सांसद दीपेन्द्र कुमार ठाकुरले यातायात कार्यालय जनकपुरमा महिनामा १० करोड भ्रष्टाचार भइरहेको भन्दै त्यसलाई रोक्न माग गरेका थिए ।
त्यसलगत्तै बुधबार प्रहरीले यातायात व्यवस्था कार्यालय जनकपुरबाट दुई जना बिचौलियालाई पक्राउ गरेको छ । प्रहरीले महोत्तरीको लोहरपट्टी नगरपालिका ३ का अनिल साह र महोत्तरीकै एकडारा ३ बस्ने विरेन्द्र साहलाई पक्राउ गरेको हो ।
यातायात कार्यालयमा आर्थिक लाभ लिएर काम गरिरहेको गुनासो पछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक(डिएसपी) वेद प्रसाद गौतमले बताए । यातायात कार्यालयमा सेवाग्राहीहरूसँग बार्गेनिङ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको डिएसपी गौतमले बताए




