मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
प्रेम दिवसको रूपमा भ्यालेन्टाइन डे ।।।
प्रेम दिवसको रूपमा भ्यालेन्टाइन डे ।।।
: बिनोद मण्डल फाल्गुन २ मधेश प्रदेश । भ्यालेन्टाइन डेको सुरुवात इस्वी संवत् २६९ मा रोमनबाट भएको हो ।
यस दिन प्रेमि प्रेमिकाहरुले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गरेको पाईन्छ ।
प्रेमको प्रतीक मानिने रातो गुलाब उपहार दिएर यो दिवस मनाउने चलन बढेको हाम्रो समाजमा आज निषेध ठाउँमा प्रेम गर्नेहरु एक अर्कालाई भेटेर उपहार साटासाट गर्ने गर्दछ ।
मन परेको व्यक्तिलाई ‘ह्याप्पी भ्यालेन्टाइन डे’ ‘आई लभ यू’ भनेर रातो गुलाव दिने प्रचलन बढेको देखिन्छ ।
प्रेम व्यक्त गर्ने सामान किन्न यतिबेला साना ठूला गिफ्ट पसलमा प्रेमीहरू भरिभराउ देखिन्छन् । यस दिन रातो गुलाब तथा ‘आई लभ यु’ लेखिएको विभिन्न उपहार पोस्टकार्ड, पुतली, प्रेम अङ्कित कप, खेलौना, गिफ्ट बास्केट, पफ्र्युम, चकलेट जस्ता सामानहरु उपहारको रूपमा दिने प्रचलन बढेको देखिन्छ ।





