स्थानीय तहमा निर्माणाधीन अस्पताल अलपत्र

0Shares

जुम्लाका स्थानीय तहमा निर्माणाधीन अस्पताल अलपत्र परेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका स्थानीय तहमा एकैसाथ शिलान्यास गरेका अस्पतालमध्ये जुम्लाका अस्पतालहरु अलपत्र परेका हुन् ।

तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले शिलान्यास गरेका  तिला गाउँपालिका–३ कुडारीमा १० शय्याको अस्पताल अलपत्र परेको छ । उक्त अस्पताल निर्माणको लागि संघीय सरकारले १२ करोड बजेट विनियोजन गरेको थियो । २०७९ माघमा निर्माण सक्ने सम्झौता भएपनि अलपत्र अवस्थामा रहेको छ ।

तिला गाउँपालिका जुम्लाका सब इन्जिनियर धनप्रसाद चौलागाईका अनुसार अहिलेसम्म अस्पतालको निर्माण कार्य २० प्रतिशत मात्रै भएको छ । समयमा बजेट नआउँदा काम रोकिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *