मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
कलाकार पवन खतिवडा ‘म्याकुरी’ पक्राउ

कलाकार पवन खतिवडा ‘म्याकुरी’ लाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ । बेलबारी ४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा इप्रका बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई प्रहरीले मङ्गलवार राती नियन्त्रणमा लिएको हो । कलाकार खतिवडासहित २ जनालाई मादक पदार्थ पिएर झगडा गरेको आरोप छ । मङ्गलवार राति बेलबारी नगरपालिका १ स्थित होटेलमा मादक पदार्थ पिएका खतिवडाले मादक पदार्थले मातेर झगडा गरेका थिए ।
होटेलबाट बाहिर निस्किएर झगडा गरिरहेको खबर स्थानीयले प्रहरीलाई गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टिकाबहादुर कार्कीले बताए । पीडित पक्षले इलाकामा आएर अहिलेसम्म जाहेरी भने दिएको छैन । ‘छलफलको लागि दुवै पक्ष आउने भनेका छन्,’ उनले भने, ‘पीडितले जाहेरी दिए प्रहरीले कारबाहीको प्रक्रिया अगाडि बढाउनेछ ।’ पीडित पक्षका आफन्तहरू प्रहरी कार्यालय आउँदै गरेको र मिलापत्र भएको अवस्थामा मात्रै उनलाई छाडिने कार्कीले बताए ।




