नेपाल राष्ट्रिय जातीय संग्रहालयको नयाँ कार्यसमिति निर्वाचित ।।।
2026-08-24अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24
दीपदान_महोत्सव
दीपदान_महोत्सव

तपाईहरुलाइ थाहा छ दीपावली वास्तवमा बौद्ध पर्व हो। वास्तवमा, तथागत बुद्ध बुद्धत्व लाभ गरेर कपिलवस्तु फर्कन लाग्दा उहाँको आगमनको खबर सुनेपछि उहाँका पिता शुद्धोदनले कपिलवस्तुमा उहाँलाई स्वागत गर्न आदेश प्रजाहरुलाइ दिनुभयो। आश्विन महिनामा तथागत बुद्ध कपिलवस्तुमा आउँदा बुबा शुद्धोधनले लड्डु खुवाएर राती दीप प्रज्वलन गरेर पूरै नगरलाई नै उज्यालो बनाएका थिए । विशेषगरि दिप प्रज्वलन/दिप दान परम्परा श्रमन परम्परा हो भनिन्छ।

हजारौं दियो लाई एकै ही दियोले, बिना उसको प्रकाशलाई कमनगरि जलाउन सकिन्छ | ख़ुशी बाँडनाले ख़ुशी कहिलै कम हुँदैन। -बुद्ध
महायान सुत्रहरुमा दिप अर्पनको बारे अझ महत्त्वपूर्णका साथ प्रकाश पारेका छ्न।
विशेष कुरा यो हो कि बुद्धको जीवनका यी सम्झनाहरू सम्राट अशोककालमा बढी मनाइएको पाइन्छ। बुद्धले राजगद्दी त्यागेर चिवार धारण गरेपछि सम्राट अशोक र सम्राट हर्षवर्धनले पनि प्रत्येक पञ्चमीलाई ठूलो पर्वका रुपमा मनाउने र आफ्नो सम्पूर्ण राज्य त्यागेर केही दिनका लागि भिक्षु बनेका थिए ।
यो राजा अशोक र जोन एस नामक पुस्तकमा उल्लेख छ। सम्राट अशोकले पनि बुद्धले कपिलवस्तु गणराज्यलाई दिएको उपहारलाई ध्यानमा राखी आश्विन महिनामा ८४ हजार स्तूप निर्माण गर्ने निर्णय गरेका थिए र आश्विन महिनामै सम्पन्न पनि गरेका थिए । सबै स्तूपहरू बनाएपछि ति स्तुपहरूमाथि दियो बालिन्थ्यो।
महावंशमा त्यो दृश्य भनिएको छ कि पाटलिपुत्रमा उभिएर अशोकले चम्किरहेको सबै स्तूपलाई हेर्न थाले र सारा जम्बुद्वीप उज्यालोको चहकिलोमा चम्कियो। मानिसहरु खुसीमा रमाएर ‘दीपोत्सव’ भनेर मनाउन थाले । यो Geiger T- Mahavamsa को पृष्ठ नम्बर 52 मा उल्लेख छ। सम्राट हर्षवर्धनले आफ्नो नाटक ‘नागानन्द’ मा पनि यस पर्वलाई ‘दीपप्रतिपदाोत्सव’ भनेका छन् ।
विजयादशमीपछि सम्राट अशोकले बुद्धको जन्मस्थल लुम्बिनीलाई पद यात्रा गरि दान दिएका थिए । त्यसपछि, आफ्नो राजधानी पाटलीपुत्र फर्केर, उहाँले 84000 स्तूप निर्माण गर्ने निर्णय गरे। मानिसहरूले बुद्धलाई असाध्यै सुन्न चाहान्थे तर टाढाका क्षेत्रबाट लुम्बिनी जान सक्दैन थियो।त्यसैले त्यतिबेला मानिसहरूले बुद्धको पुजा स्तूपमा दियो बालि पूजा गर्दथे।
पछि ब्राह्मणहरुले विभिन्न मिथक/काल्पनिक पुराणहरु निर्माण गर्न थाले पछि विभिन्न देविदेउता नाममा दियो बाल्ने चलन चलाएका थिए।
स्रोत- संजाल






