४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड सञ्चालनमा
2026-08-25ओराङको हार्चे भिरमा सडक विस्तारका लागि अनुगमन
2026-08-24
सरसफाई कार्यक्रम सम्पन्न ।। ।
सरसफाई कार्यक्रम सम्पन्न ।। ।
बिनोद मण्डल कार्तिक ८ । सिरहाको धनगढीमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।
तिहारको अवसरमा धनगढीमाई नगरपालिकाको वडा नं १० को बजार क्षेत्र लगायत बाबुराम खोला र स्थानीयस्तरमा रहेको पोखरीहरूको समेत सरसफाई गरिएको हो ।
कार्तिक 7 गते धनगढी बजारमा वडा अध्यक्ष सरोज महतोको अगुवाईमा आयोजित कार्यक्रममा स्थानिय ईलाका प्रहरी कार्यालय,ट्राफिक प्रहरी पोष्ट,स्थानिय राजनीतिककर्मी,बुद्धिजीवी , पत्रकार उद्योग बाणिज्य अर्थात् व्यापार संघ धनगढीका पधाधिकारीहरु,वडा सदस्यहरू लगायतको उपस्थितिमा सरसफाई गरिएको थियो ।
बिहान करिब सात बजेको समयमा स्थानिय दुर्गा मन्दिर परिसरबाट हातमा झाडु लिएर थालिएको सरसफाई अन्तर्गत बजारको फोहोरलाई संकलन गरी एक ठाउँमा ब्यबस्थापन गर्नका लागि राखिएको थियो ।
वडा अध्यक्ष सरोज महतोले छठको लागि स्थानिय तलाउहरुलाई विशेष रूपमा डोजर लगाएर सरसफाई गरिएको बताउनु भएको छ भने अर्कोतिर स्थानिय कृषि बजारको ब्यबस्थापनका लागि आफूहरु लागिपरेको बताउनु भएको छ ।
सरसफाई अभियानमा ईलाका प्रहरी समेत साझेदारी भएकोले बेला बेलामा सरसफाई कार्यक्रम भइरहेको धनगढी बजारको ब्यबस्थापन आजको आवश्यकता महसुस गरिएको छ ।






