प्राकृतिक सौन्दर्यका बीच उभिएका थाङ्गीचाँगु बस्ती ।।।

105Shares

प्राकृतिक सौन्दर्यका बीच उभिएका थाङ्गीचाँगु बस्ती ।।।

सन्तोष ठान्टी  भदौ १४ । नेपाल प्राकृतिक सौन्दर्यका कारण विश्वमा प्रसिद्ध मानिन्छ । नेपालभित्रको दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं ८ थाङ्मीचागु मा रहेको थामी समुदायको बाहुल्यता भएको एउटा सुन्दर थामी समुदायको थाङ्मीचाँगु बस्तीको प्राकृतिक सौन्दर्यको वर्णन जति गर्दा पनि थोरै हुन्छ सायद ।

प्राकृतिक सौन्दर्यका बीच उभिएका यस बस्तीमा वातावरण शान्त अनि रमणिय रहेको देखिन्छ । वर्षभरि चिस्यान भइरहने वातावरण भएकोले गर्मी हुँदैन यहाँ ।

प्राकृतिक सुन्दरताले सजिसजाउ अनि भरिभराउ थाङ्मीचाँगु बस्तीको उत्तरमा हाथीढुङ्गा भुमेमाइ थान दक्षिणमा दलसीढुङ्गा भुमेमाई थान र पश्चिममा अामूवारा महांकाल माइ थान पुर्वमा पात्ले खोला सेखार्थुम भुमे माइ थान  बीचमा तामाकोशी जलकिटार सेती देवी जगधुमी माई थान जोरबास र तुन्बोन डाडा लगायतका प्राकृतिक सौन्दर्यका बीच उभिएका छन् थाङ्मीचागु  बस्ति ।

यस ठाउँमा रहेको जोरबासडाँडा जहाबाट अहुनका फाँटहरू सजिलै देख्न सकिन्छ भने हाथीढुङ्गा माइ थानको पवित्रतालाई दर्शन गर्न पाइन्छ । यहाँ रहेको दम्बा झरनाको सँगलो पानीको बहाव अनि झंकारको मधुर ध्वनीले मन आनन्दित गराउँछ । यहाँका प्रकृतिले मानिसको दुःख विरसाउँछ सोझा थाङ्मीहरु रहेको यस ठाउँमा रहेको सेतिदेबी गजधुमी माइ भुमे थानमा आउने भक्तजनलाई यहाका स्थानियले खाना बस्नको लागि निशुल्क सुविधा दिएका छन् । कोदोको ढिडो  फाफरको ढिडो असला माछा सखरखण्ड लेखाली आलु मुख्य खानाको रूपमा परिचित रहेको यस ठाउँमा पुष्टकारी पिँडालु  समेत उत्तिकै मिठो मानिन्छ ।

पर्यटन विकासको अभावमा यस ठाउँको विकाशले गति लिन नसक्नु चिन्ताको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *