मलेसियामा नेपालीसहित ठुलो मानव तस्करी सञ्जाल पर्दाफास, ‘एम-जे’ मुख्य योजनाकार
2026-04-16सिंगटीमा मध्यराती जेसिभी दुर्घटना
2026-04-12संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रमा दायाँबायाँ गरे प्रतिकार गर्ने श्रम संस्कृति पार्टीको चेतावनी
2026-04-10
दोलखाको अर्गानिक टमाटरले भाउ नपाउँदा कृषक चिंतित ।।।
दोलखाको अर्गानिक टमाटरले भाउ नपाउँदा कृषक चिंतित ।।।।

सन्तोष ठान्टी थाङ्मी साउन २९ । नेपालमा किशासनको समस्याहरू उत्पन्न हुने क्रममा दोलखा जिल्लाको टमाटर किसानको समस्या बाहिर आएको हो ।

जिल्लाको अधिकांश भागमा अर्गानिक तरकारी खेती गरिन्छ तर सरकारले किसानलाई समयमा उपलब्भद गराउनुपर्ने सेवा सुविधा स्थानियले नपाएपछि किशान चिंतित वन्न थालेका छन् ।
दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं ६ आलम्पुमा उत्पादन हुने टमाटरले बजार भाउ नपाउँदा कृषक सस्तोमै बेच्न बाध्य भएका छन् । उत्पादन भन्दा लागत बढी रहेको र यहाँ कृषि उपज बजारको ब्यबस्था नहुँदा किसानका टमाटर खेतमै कुहिने समस्या रहेको पाइन्छ ।

अर्गानिक तरकारी खेतीको रूपमा परिचित यस ठाउँमा खुर्सानी , बोडी,मुला , गाजर, रायो, काउली ,आलु लगायतका खेती प्रसस्त मात्रामा गरिन्छ ।
खेती , उत्पादन र बजारको तालमेल मिल्ने हो भने यस ठाउँको जनताले खेती गरेर आत्मनिर्भर बन्ने सम्भावना रहेको अवस्थामा सरकारले लगानीमा जोड गर्नुपर्ने देखिन्छ ।

उत्पादित तरकारी बारम्बार कुहिने समस्याले गर्दा स्थानिय चिन्तित बनिरहेको अवस्थामा स्थानिय सरकार र कृषीसंग सम्बन्धित संघ संस्था किशासनको समस्याप्रति बेखवर हुनु चिन्ताको विषय बनेको छ ।
पीडित किसानहरूले आफ्नो उत्पादनको मूल्य सरकारले निर्धारण गरेर शित भण्डारको व्यवस्थापनमा जोड गरिदिएको खण्डमा आफूहरुको आर्थिक समस्याको समाधान हुने कुरामा बिश्वस्त रहेका छन् ।

विकट हिमाली जिल्लाको तरकारी पोषिलो भएको हुनाले तरकारी जन्यवस्तुको निर्यात बढाएको खण्डमा हिमाल, पहाड र तराईको सन्तुलन कायम राखेको खण्डमा सकारात्मक प्रभाव पर्ने अवस्थामा सरकार गम्भीर हुन आवश्यक भएकोले तत्काल ध्यानाकर्षण हुन जरुरी देखिएको छ ।






