दोलखामा विश्व किताब दिवस मनाइएको छ ।

0Shares

दोलखामा विश्व किताब दिवस मनाइएको छ । English For All, As a Global Language  भन्ने मूल नाराका साथ सदरमुकाम चरिकोटमा रहेको त्रिपुरा ग्लोरियस एकेडेमीको पुस्तकालयमा कार्यक्रम आयोजना गरिएको हो ।

आजको समयमा पुस्तक पढ्ने संस्कार घट्दै गएपछि पढ्ने वानीको विकासमा सहयोग पुगोस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रमका सहभागी डा जानुका न्यौपानेले बताउनु भयो । शैक्षिक प्रमाणपत्र प्राप्त गर्न मात्र नभएर आत्मसन्तुष्टी,सकारात्मक सोच र ज्ञान हासिल गर्नका लागि भएकाले निरन्तर पुस्तक पढ्ने बानीको विकास गर्नुपर्ने कुरामा कार्यक्रममका सहभागीले जोड दिएका थिए ।

कार्यक्रममा सामाजिक अभियन्ता दिनेशराज शिवाकोटी,कालिञ्चोक माध्यामिक विद्यालयका शिक्षक दिपक शर्मा डा.जानुका न्यौपाने लगायतले पुस्तक अध्ययन र यसको महत्वका विषयमा धारणा राख्नु भएको थियो । कार्यक्रममा डा. जानुका न्यौपानेले शिक्षाको महत्व र शिक्षाका लागि आफूले गरेको संघर्ष विषयमा प्रस्तुती गर्नु भएको थियो । कार्यक्रमका सहभागीले शैक्षिक जीवनको अनुभव, आफूले अध्ययन गरेका पुस्तकका बारेमा अनुभव आदानप्रदान गरेका थिए । कार्यक्रममा अंग्रेजी माध्यमबाट प्रकाशित पहिलो उपन्यासको बारेमा त्रिपुरा ग्लोरियस विद्यालयका शिक्षक अर्जुन तामाङले चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा शैक्षिक व्यक्तित्वहरु समीरा बस्नेत,इन्द्र कुमार बस्नेत ,तक्दिर सुवेदी,विष्णु भुषाल ( लिटल एन्जल ),हेम चापागाईं,महेशलाल यादव,सन्तोष चौधरी,कृष्ण पाण्डे लगायतको सहभागिता रहेको थियो ।

भर्खरै प्रकाशित
दोलखामा पनि विश्व किताव दिवस मनाइयो, पुस्तक महत्व विषयमा चर्चा ।
गौरीशंकर क्याम्पसमा ‘रुपा स्मृति पुस्तकालय’
वडाध्यक्षको व्यक्तिगत सहयोगमा बालबालिकालाई खेलकुद सामग्री वितरण
राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाको विरोध सभा
दोलखामा रासयनिक मलको अभाव हुदा उत्पादन घटनेमा कृषकहरु चिन्तित
थप समाचार सबै

दोलखामा पनि विश्व किताव दिवस मनाइयो, पुस्तक महत्व विषयमा चर्चा ।
7 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता
  मिति २४ श्रावण २०७९ दोलखामा विश्व किताब दिवस मनाइएको छ । English For All, As a Global Language …

गौरीशंकर क्याम्पसमा ‘रुपा स्मृति पुस्तकालय’
सोमबार, २३ श्रावण २०७९ समदृष्टि अनलाइन संवाददाता
  गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोट दोलखामा रुपा स्मृति पुस्तकालय हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । रुपा स्मृति फाउण्डेशनको सहयोगमा…

वडाध्यक्षको व्यक्तिगत सहयोगमा बालबालिकालाई खेलकुद सामग्री वितरण
विहिबार, १९ श्रावण २०७९ समदृष्टि अनलाइन संवाददाता
  भीमेश्वर नगरपालिका वडा नं ५ का वडाध्यक्षले विद्यार्थीका लागि खेलकुदका सामग्री वितरण गर्नु भएको छ । भीमेश्वर नगरपालिका…

राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाको विरोध सभा
बुधबार, १८ श्रावण २०७९ समदृष्टि अनलाइन संवाददाता
चरिकोट, राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले महंगी नियन्त्रणको माग गर्दै सदरमुकाम चरिकोटमा विरोध सभाको आयोजना गरेको छ । बुधवार सरदमुकाम…

कालिञ्चोक गाउँपालिकाका करार कर्मचारी पुनः वहालीको माग
आइतबार, १५ श्रावण २०७९ समदृष्टि अनलाइन संवाददाता
दोलखा कालिञ्चोक गाउँपालिकामा करार कर्मचारीको पुनः वहाली र रानीवन पहिरोको सार्वजनिक सुनुवाई गर्न नेकपामा एमाले कालिञ्चोक गाउँपालिकाले माग गरेको…

नेकपा एमाले दोलखाको जिल्ला स्तरीय प्रशिक्षण भेला ः विधिको शासन स्थापित गर्न स्थानीय तहसंग माग
आइतबार, १५ श्रावण २०७९ समदृष्टि अनलाइन संवाददाता
दोलखा । नेकपा एमाले दोलखाले विधिको शासन स्थापित गर्न दोलखाका स्थानीय तहसंग माग गरेको छ । स्थानीय तह निर्वाचनपछि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *