निको थाङ्मीचागु बहुउद्देश्यीय सहकारी संस्थाको आधुनिक कार्यालय उद्घाटन भव्य रूपमा सम्पन्न, थाङ्मी खाममा छापिएको ऐतिहासिक क्यालेन्डर सार्वजनिक ।।।
2026-04-28थामी भाषा, संस्कार र पहिचान संरक्षणमा जोड भोजपुरमा सिल्लोके पालाखे तथा गुरुबोन प्रशिक्षण सम्पन्न ।।।
2026-04-27
दोलखाको सितलीमा गएको पहिरोले १५ भन्दा बढी घरमा क्षति
दोलखाको सितलीमा गएको पहिरोले १५ भन्दा बढी घरमा क्षति
दोलखा — वर्षासँगै आएको बाढी र पहिरोले दोलखाको मेलुङ गाउँपालिका-७ सितलीमा १५ भन्दा बढी घरमा क्षति पुर्याएको छ । मंगलबार राति बाढी आएपछि स्थानीयले घर छाडेर भागेका थिए ।
बाढीले सितलीको २ वटा होटल, एक पसल र एक मोटरसाइकल वर्कसप पनि बगाएको छ । बाढीले बुद्धबहादुर तामाङको पक्की घर पूर्णरुपमा क्षति गरेको प्रहरीले जनाएको छ । माथिल्लो क्षेत्रबाट खहरेमा आएको बाढीको लेदो स्थानीयको घरमा छिरेर अन्नपात, लत्ता कपडा, भाँडा वर्तन नष्ट गरेको वडाध्यक्ष नवराज खड्काले बताए ।
‘माथीबाट आएको खहरेले सितलीका धेरै घरमा क्षति गरेको छ,’ उनले भने‚ ‘स्थानीयको उद्धार गरिएको छ । क्षतिको विवरण लिने काम भैरहेको छ ।’ उनका अनुसार ५० रोपनीभन्दा बढी क्षेत्रमा लगाएको धानखेत बाढीको लेदो पुरिएको छ ।
बाढीका कारण पुष्पलाल राजमार्गअन्तर्गत सितली खण्ड अवरुद्ध बनेको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।
यसैगरी बाढीले २२ घरले प्रयोग गर्दै आएको खानेपानी योजना बगाएपछि खानेपानीको हाहाकार भएको छ । खहरेले धार परिवर्तन गरेर बस्ती थप जोखिममा परेको छ ।






