ओलीको अदालतप्रति असन्तुष्टि ‘ढिलो न्याय दिनु भनेको न्याय नपाउनु हो’ ।।।

0Shares

ओलीको अदालतप्रति असन्तुष्टि : ‘ढिलो न्याय दिनु भनेको न्याय नपाउनु हो’

१७ नोभेम्बर २०२६, मंगलबार संवाददाता : थाङ्मीचागु डटकम

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको न्याय सम्पादन प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अदालतले केही मुद्दामा तत्काल फैसला गर्ने तर आफूहरूले दायर गरेका महत्वपूर्ण मुद्दाहरू लामो समयसम्म टुंगो नलगाउने गरेको भन्दै प्रश्न उठाए।

उनले मधेश प्रदेश सरकार गठनसम्बन्धी सर्वोच्च अदालतको फैसलाको प्रसंग उल्लेख गर्दै न्याय सम्पादनमा देखिएको ढिलाइप्रति आलोचना गरे।

ओलीले न्याय पाउने प्रक्रियामा हुने ढिलाइले न्यायको अनुभूति नै कमजोर बनाउने धारणा व्यक्त गर्दै भने, ‘ढिलो न्याय दिनु भनेको न्याय नपाउनु हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *