सुनुवार सेवा समाजद्वारा ६ विद्यार्थीलाई ९० हजार रुपैयाँ छात्रवृत्ति प्रदान ।।।
2026-11-17मानव बेचबिखन विधेयक परिमार्जन गर्न सांसदहरूको माग, ‘वेश्यागमन’ शब्द हटाउन सुझाव ।।।
2026-11-17
Tuesday, November 17, 2026
इनम सापकोटा प्रकरण : प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसहित चार जनालाई पक्राउ गर्न माग ।।।
इनम सापकोटा प्रकरण : प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसहित चार जनालाई पक्राउ गर्न माग
१७ नोभेम्बर २०२६, मंगलबार संवाददाता : थाङ्मीचागु डटकम
काठमाडौं। जेनजी मुभमेन्ट नेपालले इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसहित चार जनालाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेको छ।
मुभमेन्टका प्रवक्ता विजय शाहले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार (कुमार बेन) लगायत चार जनामाथि अनुसन्धान अघि बढाउन माग गरेका हुन्।
मुभमेन्टले प्रकरणमा जोडिएका व्यक्तिहरूमाथि निष्पक्ष छानबिन गरी दोषी देखिएकालाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ। साथै घटनाको सत्यतथ्य सार्वजनिक गर्न पनि आग्रह गरेको छ।





