मुडे–चरिकोट सडकको स्तरोन्नति कार्यले पुनः गति लियो
2026-11-16श्रम संस्कृति पार्टीको पहिलो स्थापना दिवसमा माङसेबुङमा संयुक्त कार्यक्रम, हर्क साम्पाङ र सुदन किरातीसहितका नेताहरू सहभागी ।।।
2026-11-16
Tuesday, November 17, 2026
बनेपामा सडक लेन व्यवस्थापनमा ट्राफिक प्रहरीको सक्रियता, जाम घटाउने प्रयास ।।।
बनेपामा सडक लेन व्यवस्थापनमा ट्राफिक प्रहरीको सक्रियता, जाम घटाउने प्रयास ।।।
१६ मंसिर २०८३, सोमबार संवाददाता : थाङ्मीचागु डटकम
बनेपा। सडक विस्तारका क्रममा बनेपा क्षेत्रमा अत्यधिक सवारी जाम हुन थालेपछि ट्राफिक प्रहरीले सडक लेन व्यवस्थापनमा सक्रियता बढाएको छ।
सडक विस्तारको काम भइरहँदा सडक साँघुरो बनेको र सवारीसाधनको चाप बढेको छ। त्यसैगरी, चालकहरूले जथाभावी लेन प्रयोग तथा परिवर्तन गर्दा सवारी जाम थप बढ्ने गरेको छ।
जाम नियन्त्रण गरी सवारी आवागमन सहज बनाउन ट्राफिक प्रहरीले सडकमा खटिएर लेन अनुशासन कायम गराउने काम गरिरहेको छ।
ट्राफिक प्रहरीले चालकहरूलाई निर्धारित लेनको पालना गर्न आग्रह गर्दै सडक अनुशासन कायम गर्न सक्रियता बढाएको हो।
सडक विस्तारको काम सम्पन्न नहुँदासम्म सवारी चाप व्यवस्थापन चुनौतीपूर्ण देखिएकाले चालक र यात्रु सबैलाई ट्राफिक नियम पालना गर्न आग्रह गरिएको छ।





