मुडे–चरिकोट सडकको स्तरोन्नति कार्यले पुनः गति लियो
2026-11-16श्रम संस्कृति पार्टीको पहिलो स्थापना दिवसमा माङसेबुङमा संयुक्त कार्यक्रम, हर्क साम्पाङ र सुदन किरातीसहितका नेताहरू सहभागी ।।।
2026-11-16
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठपर्व सम्पन्न ।।।
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठपर्व सम्पन्न
थाङ्मीचागु डटकम | ३० कात्तिक २०८३
काठमाडौं। शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको छठपर्व सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सम्पन्न भएको छ।
छठपर्वको अन्तिम दिन आज बिहानै व्रतालुहरू विभिन्न छठघाट, नदी तथा पोखरीमा पुगेर उदाउँदो सूर्यलाई श्रद्धा र भक्तिपूर्वक अर्घ्य दिएका थिए।
यसअघि आइतबार छठपर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो। चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइने छठपर्व उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रूपमा समापन भएको हो।
काठमाडौंको कमलपोखरीलगायत विभिन्न स्थान तथा तराई–मधेशका जिल्लाहरूमा श्रद्धालुहरूको उल्लेख्य सहभागितासहित छठपर्व मनाइएको थियो।
सूर्यदेव र छठी माताको पूजा–आराधना गरिने यस पर्वमा परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्ने धार्मिक परम्परा रहिआएको छ।
छठपर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको थियो।
थाङ्मीचागु डटकम





