नेपाल थामी समाज मलेसियाद्वारा दिवंगत सरस थामीको परिवारलाई १ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण !!!
2026-11-15प्रधानमन्त्री शाहको भारत भ्रमणमा पञ्चेश्वर आयोजना र हवाई रुट प्रमुख एजेन्डा ।।।
2026-11-15
Monday, November 16, 2026
चितवनविरुद्ध कर्णाली याक्स दबाबमा, १७ ओभरमा ७ विकेट गुमाएर १२२ रन ।।।
चितवनविरुद्ध कर्णाली याक्स दबाबमा, १७ ओभरमा ७ विकेट गुमाएर १२२ रन
काठमाडौँ ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा कर्णाली याक्सले १७ ओभरमा ७ विकेट गुमाएर १२२ रन बनाएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले सुरुवातदेखि नै विकेट गुमाउँदै दबाब सामना गरेको छ। कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ३५ रन बनाए।
त्यस्तै, मार्क वाट ६ रनमा आउट भए। उनलाई चितवनका उसामा मिरले ड्यान माउज्लीको हातबाट क्याच गराएका थिए।
चितवन राइनोजका लागि उसामा मिरले दुई विकेट लिए। कमल ऐरी र सलाहुद्दिन खानले पनि समान दुई–दुई विकेट हात पारे।
खेलमा चितवनका बलरले प्रभावशाली प्रदर्शन गर्दै कर्णालीको ब्याटिङ लाइनअपलाई दबाबमा राखेका छन्।




