नेपाल थामी समाज मलेसियाद्वारा दिवंगत सरस थामीको परिवारलाई १ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण !!!
2026-11-15प्रधानमन्त्री शाहको भारत भ्रमणमा पञ्चेश्वर आयोजना र हवाई रुट प्रमुख एजेन्डा ।।।
2026-11-15
Monday, November 16, 2026
एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि मधेश प्रदेश सरकार ढल्यो, मुख्यमन्त्री यादवले दिए राजीनामा ।।।
एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि मधेश प्रदेश सरकार ढल्यो, मुख्यमन्त्री यादवले दिए राजीनामा
थाङ्मीचागु डटकम | २९ कार्तिक २०८३, शनिबार
जनकपुरधाम — मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन्। शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्।
नेकपा एमाले र नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो।
१०३ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न ५४ सांसदको समर्थन आवश्यक पर्ने भए पनि मुख्यमन्त्रीको दल नेपाली कांग्रेससँग २२ सांसद मात्रै रहेपछि सरकार संकटमा परेको हो।





