नेपाल थामी समाज मलेसियाद्वारा दिवंगत सरस थामीको परिवारलाई १ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण !!!
2026-11-15प्रधानमन्त्री शाहको भारत भ्रमणमा पञ्चेश्वर आयोजना र हवाई रुट प्रमुख एजेन्डा ।।।
2026-11-15
झापामा लोकतान्त्रिक मेचे संघ नेपालको प्रथम केन्द्रीय अधिवेशन सम्पन्न, सन्तोष मेचे अध्यक्षमा निर्वाचित ।।।
झापामा लोकतान्त्रिक मेचे संघ नेपालको प्रथम केन्द्रीय अधिवेशन सम्पन्न, सन्तोष मेचे अध्यक्षमा निर्वाचित
झापा, ३० कात्तिक २०८३।
लोकतान्त्रिक मेचे संघ नेपालको प्रथम केन्द्रीय अधिवेशन झापामा सम्पन्न भएको छ। अधिवेशनले सन्तोष मेचेको अध्यक्षतामा २१ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको छ।
अधिवेशनमा प्रमुख अतिथिका रूपमा केन्द्रीय सदस्य मीना पोख्रेल उप्रेती तथा विशिष्ट अतिथिका रूपमा नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र राष्ट्रिय सभा सदस्य रोशनी मेचेको उपस्थिति रहेको थियो।
त्यसैगरी देवकुमार राई, लालबहादुर थामी, विकेन्द्रकुमार धिमाल, सागर ओली, वीरेन्द्र राजवंशी, दशरथ खडिया, रविन मेचे र तेजन राजवंशीलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको अध्यक्षमा सन्तोष मेचे, वरिष्ठ उपाध्यक्षमा महेश मेचे, उपाध्यक्षमा लक्ष्मी मेचे र रविन मेचे तथा महासचिवमा अमर मेचे चयन भएका छन्।
प्रथम केन्द्रीय अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै संगठनलाई थप सुदृढ बनाउँदै मेचे समुदायको हकहित, भाषा, संस्कृति, पहिचान र सामाजिक एकताका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
अधिवेशनबाट निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सम्पूर्ण केन्द्रीय सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
सम्वाददाता : पल ठान्टी
Thangmichagu.com





