नेपाल थामी समाज मलेसियाद्वारा दिवंगत सरस थामीको परिवारलाई १ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण !!!
2026-11-15प्रधानमन्त्री शाहको भारत भ्रमणमा पञ्चेश्वर आयोजना र हवाई रुट प्रमुख एजेन्डा ।।।
2026-11-15
नेपाल थामी समाजद्वारा सदस्यता विस्तार तथा नवीकरण अभियान सुरु, घरदैलोमार्फत समुदायलाई संगठित गर्ने लक्ष्य ।।।
नेपाल थामी समाजद्वारा सदस्यता विस्तार तथा नवीकरण अभियान सुरु, घरदैलोमार्फत समुदायलाई संगठित गर्ने लक्ष्य
२०८३ कात्तिक ३० गते, आइतबार
संवाददाता : थाङ्मीचागु डटकम
काठमाडौं। नेपाल थामी समाज केन्द्रीय कार्यसमितिले थामी समुदायलाई संस्थागत रूपमा एकताबद्ध, संगठित र सशक्त बनाउने उद्देश्यका साथ सदस्यता विस्तार, नवीकरण तथा घरदैलो अभियान आजदेखि सुरु गरेको छ।
समाजले आजीवन सदस्य, क्रियाशील सदस्य तथा साधारण सदस्यता वितरण र नवीकरण कार्यक्रमलाई अभियानका रूपमा अघि बढाएको हो।
थामी समुदायका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई संस्थामा आबद्ध गराउँदै संगठनलाई थप सुदृढ, व्यवस्थित र गतिशील बनाउने लक्ष्यसहित अभियान सञ्चालन गरिएको समाजले जनाएको छ।
यस अभियानलाई सफल बनाउन नेपाल थामी समाजका केन्द्रीय अध्यक्ष रणबहादुर थामी, प्रतिनिधि पदम थामी र प्रतिनिधि राम साइला थामी सक्रिय रूपमा खटिनुभएको छ। उहाँहरू घरदैलो तथा प्रत्यक्ष भेटघाटमार्फत समुदायका सदस्यहरूलाई संस्थामा आबद्ध गराउने, सदस्यता नवीकरण गर्ने र संगठन विस्तार गर्ने कार्यमा जुट्नुभएको छ।
अभियानअन्तर्गत नयाँ सदस्यता वितरण, पुराना सदस्यताको नवीकरण तथा संस्थाको संगठनात्मक पहुँच विस्तारलाई प्राथमिकता दिइएको छ।
समाजले देश तथा विदेशमा रहेका सम्पूर्ण थामी समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूलाई अभियानमा सहभागी भई संस्थागत एकता, सहकार्य र सामूहिक पहिचानको संरक्षणमा योगदान पुर्याउन हार्दिक आह्वान गरेको छ।
“हाम्रो अभियान, हाम्रो पहिचान; संगठित थामी समाज, समृद्ध थामी समुदाय” भन्ने मूल नारासहित अघि बढाइएको यस अभियानले थामी समुदायको संस्थागत एकता, संगठनात्मक विस्तार र सामुदायिक पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
नेपाल थामी समाज केन्द्रीय कार्यसमिति





