नुवाकोटका बाढीपीडितको माग पुनर्स्थापना नभएसम्म विद्युत् महसुल मिनाहा गरियोस्
2026-11-13तीनदिने भ्रमणका लागि गृहमन्त्री सुधन गुरुङ यूएई प्रस्थान
2026-11-13
नुवाकोटका बाढीपीडितको माग पुनर्स्थापना नभएसम्म विद्युत् महसुल मिनाहा गरियोस्
थाङमिचागुडटकम संवाददाता
चरिकोट दोलखा

नुवाकोट । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट घरबारविहीन बनेका पीडितहरूले पुनर्स्थापना नभएसम्म विद्युत् महसुल पूर्ण रूपमा मिनाहा गर्न सरकारसँग माग गरेका छन्।
बाढीबाट प्रभावित परिवारले घरबार गुमाउनुका साथै आर्थिक तथा दैनिक जीवनयापनमा समेत कठिनाइ भोगिरहेका बेला विद्युत् महसुल र जरिवानाको भार थपिएको भन्दै गुनासो गरेका हुन्।
सरकारले भदौ महिनाको जरिवाना मात्र छुट दिए पनि अन्य महिनाको विद्युत् बिलमा समेत जरिवाना जोडिएर आएको पीडितहरूको भनाइ छ। बाढीका कारण घरमा बस्नसमेत नपाउने अवस्थामा विद्युत् महसुल तिर्नुपर्ने बाध्यताले थप समस्या सिर्जना गरेको उनीहरूको गुनासो छ।
जिल्ला प्रशासन कार्यालयको विवरणअनुसार भोटेकोशी बाढीबाट नुवाकोटका चार स्थानीय तहका २ हजार ८३१ घरधुरी प्रभावित भएका छन्।
यसैबीच, बाढीपीडितको गुनासोपछि नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रले सूचना जारी गर्दै तोकिएको सहुलियतविपरीत जरिवाना लागेको वा बिलमा समस्या देखिएको भए बिलसहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।
प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई थप आर्थिक भार नपर्ने गरी सरकारले तत्काल आवश्यक निर्णय लिनुपर्ने स्थानीयको माग छ।
थाङमिचागु डटकम




