नुवाकोटका बाढीपीडितको माग पुनर्स्थापना नभएसम्म विद्युत् महसुल मिनाहा गरियोस्
2026-11-13तीनदिने भ्रमणका लागि गृहमन्त्री सुधन गुरुङ यूएई प्रस्थान
2026-11-13
Saturday, November 14, 2026
तीनदिने भ्रमणका लागि गृहमन्त्री सुधन गुरुङ यूएई प्रस्थान
थाङमिचगु डटकम संवाददाता
चरिकोट दोलखा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ तीनदिने भ्रमणका लागि संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्नुभएको छ।
शुक्रबार उहाँ यूएईतर्फ प्रस्थान गर्नुभएको हो। तीन दिनसम्म रहने भ्रमणका क्रममा गृहमन्त्री गुरुङले त्यहाँ रहेका नेपाली समुदायसँग भेटघाट तथा विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।
विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा, समस्या, सेवा–सुविधा तथा नेपाल सरकारबाट प्रदान गरिने सेवासम्बन्धी विषयमा छलफल हुन सक्ने अपेक्षा गरिएको छ।
यूएईमा ठूलो संख्यामा नेपाली श्रमिक तथा अन्य पेसामा आबद्ध नेपालीहरू रहेकाले गृहमन्त्रीको यस भ्रमणलाई नेपाली समुदायले चासोका साथ हेरेका छन्।




