दक्षिण कोरिया यात्रामा निस्कँदै देविका थामी नेपाल थामी समाजद्वारा विदाई

0Shares

थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

काठमाडौं । बिगु गाउँपालिकाकी उपाध्यक्ष तथा थामी समुदायकी समाजसेवी एवं बौद्धिक व्यक्तित्व देविका थामीलाई दक्षिण कोरियाको प्रतिनिधिमूलक यात्राका लागि नेपाल थामी समाज, केन्द्रीय कार्यालयको तर्फबाट हार्दिक विदाई गरिएको छ।

थामी समुदायको सामाजिक, सांस्कृतिक तथा सामुदायिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएकी थामीको दक्षिण कोरिया यात्रा सफल, सुखद तथा उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरिएको छ।

उहाँको यस प्रतिनिधिमूलक यात्राले थामी समुदायको पहिचान संस्कृति, परम्परा तथा सामाजिक सम्बन्धलाई अन्तर्राष्ट्रियस्तरमा थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

नेपाल थामी समाज, केन्द्रीय कार्यालयले देविका थामीलाई दक्षिण कोरिया यात्राका लागि शुभ यात्रा तथा सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *