बिगु गाउँपालिकाका शिक्षक कर्मचारीद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख ६३ हजार सहयोग

0Shares

थाङािचागु डटकम संवाददाता
चरिकोट दोलखा

दोलखा । बिगु गाउँपालिकाअन्तर्गतका १९ वटा विद्यालयका शिक्षक तथा कर्मचारीहरूले रसुवाका बाढीपीडितका लागि रु. ३ लाख ६३ हजार ६३ रुपैयाँ राहत रकम सङ्कलन गरी उच्च मानवीय भावना प्रस्तुत गरेका छन्।

विपद्को यस कठिन घडीमा आफूले सक्ने सहयोग जुटाउँदै शिक्षक तथा कर्मचारीहरूले बाढीपीडित परिवारको राहत तथा पुनर्स्थापनामा साथ दिएका हुन्।

शिक्षक तथा कर्मचारीहरूको यो सहयोगले “विपद्मा परेकालाई सहयोग गर्नु नै मानवताको परिचय हो” भन्ने सन्देश दिएको छ। राहत रकमले रसुवा बाढीबाट प्रभावित नागरिकको पीडामा केही भए पनि मलम लगाउने विश्वास गरिएको छ।

बिगु गाउँपालिकाका १९ विद्यालयका शिक्षक तथा कर्मचारीहरूको मानवीय सहयोगप्रति हार्दिक धन्यवाद तथा सम्मान।

Leave a Reply

Your email address will not be published. Required fields are marked *