किरात राई यायोक्खा विदेश संगठन मलेसियाको तेस्रो राष्ट्रिय अधिवेशन हुँदै !!!
2026-09-04बिगु गाउँपालिकाका शिक्षक कर्मचारीद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख ६३ हजार सहयोग
2026-09-03
कुलमान घिसिङद्वारा प्रधानमन्त्री शाहसँग भेटवार्ता उद्धारराहतलाई प्रभावकारी बनाउन सुझाव
थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

काठमाडौं । पूर्वऊर्जा विज्ञ तथा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी विपद् प्रभावित क्षेत्रमा देखिएको अवस्थाबारे विस्तृत छलफल गरेका छन्।
घिसिङका अनुसार भेटका क्रममा विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनालाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकताका साथ उठाइएको थियो। सुरुङभित्र थुनिएका नागरिकको उद्धारका लागि आवश्यक उपकरण तत्काल घटनास्थलमा पुर्याएर उद्धार कार्य अघि बढाउनुपर्ने विषयमा पनि छलफल भएको उनले बताएका छन्।
सडक अवरुद्ध भएका क्षेत्रमा बेली ब्रिजमार्फत तत्काल सडक पहुँच जोड्ने तथा सडक पहुँच पुग्न नसकेका विकट क्षेत्रमा हेलिकप्टरमार्फत राहत सामग्री पुर्याउनुपर्ने आवश्यकता उनले प्रधानमन्त्रीसमक्ष राखेका छन्।
त्यस्तै, स्थानीयवासीले भोगिरहेका समस्या, शव व्यवस्थापनमा भइरहेको ढिलाइ तथा होल्डिङ सेन्टरमा रहेका बालबालिका, महिला र वृद्धवृद्धाको व्यवस्थापनबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराइएको घिसिङले बताएका छन्।
दीर्घकालीन रूपमा नदी बेसिन व्यवस्थापन, सुरक्षित पूर्वाधार निर्माण, जलविद्युत् आयोजनाको जोखिम पुनःविश्लेषण तथा प्रभावित आयोजनालाई छिटो सञ्चालनमा ल्याउने विषयमा समेत सुझाव दिइएको उनले उल्लेख गरेका छन्।
घिसिङले विगतमा भएका घटनाभन्दा वर्तमानको आवश्यकता र देशको हितलाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिँदै ऊर्जा तथा पूर्वाधार क्षेत्रमा आफ्नो अनुभव, विज्ञता र सहयोग सरकारलाई उपलब्ध गराउन आफू तयार रहेको बताएका छन्।




