लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङमा भेटियो दुईवटा शव
2026-09-03चीनबाट आइपुग्यो चार ठूला ड्रोन, उद्धार र राहतका लागि रसुवा पठाइँदै
2026-09-03
चीनबाट आइपुग्यो चार ठूला ड्रोन, उद्धार र राहतका लागि रसुवा पठाइँदै
चीनबाट आइपुग्यो चार ठूला ड्रोन, उद्धार र राहतका लागि रसुवा पठाइँदै
प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार
समय : ११:१८ बजे
भक्तपुर । चीन सरकारले नेपाललाई बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि चार वटा ठूला ड्रोन सहयोगस्वरूप उपलब्ध गराएको छ।
चीनबाट सहयोगका लागि ल्याइएका चार वटा ड्रोन काठमाडौंमा परीक्षण गरेपछि सरकारले बिहीबार नै बाढी प्रभावित जिल्ला रसुवा पठाउने तयारी गरेको हो।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार एउटा ड्रोनले ८० किलोग्रामसम्म सामान बोक्न सक्छ। यी ड्रोनमार्फत हेलिकप्टर पुग्न कठिन हुने स्थानमा समेत खाद्यान्न तथा राहत सामग्री पुर्याउन सकिनेछ।
भीषण बाढीका कारण सडकमार्ग अवरुद्ध भएको र कतिपय क्षेत्रमा हेलिकप्टरसमेत पुग्न कठिन भएकाले राहत वितरणमा ड्रोन परिचालन गर्न लागिएको मन्त्री पुनले बताएका छन्।
ड्रोनमार्फत विशेषगरी सडक तथा हवाई पहुँच कठिन भएका प्रभावित क्षेत्रमा खाद्यान्न र आवश्यक राहत सामग्री पुर्याइनेछ।
थामीचागु डट कम
सम्पादक : मे हाङ ठाँटी



